जुम्ला चन्दननाथ नगरपालिका १ की ५८ वर्षीय बासमती कुलाल हरेक बिहान ५ बजे जवा नदी किनारमा पुग्छिन् । उनी दिनभर जवा नदीमै भेटिन्छिन् । नदीको बालुवा निकाल्ने र बेच्ने उनको दैनिकी हो । त्यही जवा नदीको बालुवा बेचेर उनको परिवारको गुजारा चल्छ । उनले भनिन्,‘एकाबिहानै आउँछु । नदीको बालुवामै खेल्छु । बालुवामै रमाउँछु । परिवारको खर्च जोहो गर्ने बालुवा एक स्रोत बनेको छ । जवा नदीको बालुवा जीवन चलाउने गुजारा बनेको छ । उनका छिमेकी धनमाया कुलाल पनि उनीसँगै जवा जान्छिन् । दिनभरि बालुका निकालेर व्यापारील