जुम्ला : चन्दननाथ नगरपालिका–१ की ५८ वर्षीया बास्मति कुलाल हरेक बिहान ५ बजे जवा नदी किनारमा पुग्छिन्। नदीको बालुवा निकाल्ने र बेच्ने उनी साँझसम्म किनारमै भेटिन्छिन्।जवा नदीको बालुवा बेचेर गुजारा चलाउने बास्मति मात्र होइनन्। चन्दननाथ–१ कै धनमाया कुलालले पनि दिनभरि निकालेको बालुवा बेचेर घर खर्च चलाउँदै आएकी छन्। ‘हामी नदी किनारमै खाना खान्छौं। नदी किनारमै ठेकेदार बालुवा लिन आउँछन्। किनारमै रुपैयाँ दिन्छन्। फर्कन्छन्,’ धनमायाले भनिन्, ‘एक दिनमा १५ बोरासम्म निकाल्छौ