अर्घाखाँची बीउमा आत्मनिर्भर

अर्घाखाँचीका विभिन्न ठाउँमा बीउ उत्पादनमा कृषक सक्रिय भएका छन् । जिल्ला मकै र गहुँको बीउ उत्पादनमा आत्मनिर्भर भइसकेको छ । जिल्लामा उत्पादित बीउ अन्यत्रसमेत बिक्री हुन थालेको छ । पाणिनी गाउँपालिका–७ अड्गुरीमा सिमीको बीउ उत्पादन भएको छ । क्रियाशील गुणस्तरीय सिमी बाली बीउ उत्पादन कृषक समूहका २५ जना सहभागी कृषकले सिमीको बीउ उत्पादन गरेका हुन् । किसानका लागि उन्नत बीउविजन कार्यक्रमको अनुदानमा यहाँका कृषक बीउ उत्पादनमा सक्रिय भएका हुन ।

सम्बन्धित सामग्री

अर्घाखाँचीमा पुष्प खेतीको सुरुवात

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका – ७ को डिहिडाँडामा पहिलो पटक पुष्प खेती सुरु गरिएको छ । कृषि ज्ञानकेन्द अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले विरुवा रोपेर उद्घाटन गरिएको हो । पुष्पमा जिल्लालाई आत्मनिर्भर बनाई युवाहरुको बिदेश पलायन रोक्न ब्यवसायिक सयपत्रीको खेतीले केही भएपनि टेवा पुग्ने उनको भनाइ छ ।ज्ञानकेन्द्रको लागि यो वर्षको सुरुवातीमा नयाँ कार्यक्रम भएकाले […] The post अर्घाखाँचीमा पुष्प खेतीको सुरुवात appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा पहिलो पटक पुष्प खेती सुरु

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका – ७ को डिहिडाँडामा पहिलो पटक पुष्प खेती सुरु गरिएको छ । कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले उद्घाटन गर्नुभएको हो । पुष्पमा जिल्लालाई आत्मनिर्भर बनाई युवाहरुको विदेश पलायन रोक्न व्यवसायिक सयपत्रीको खेतीले केही भएपनि टेवा पुग्ने उहाँको भनाई छ । कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले आवश्यकताको आधारमा समन्वय गरेर […]

८ महीनामा एकपल्ट मात्रै क्लिंकर आयात

काठमाडौं । स्वदेशमै उत्पादन बढेपछि क्लिंकर आयातका लागि बाहिरिने अर्बौं रकम जोगिन थालेको छ । चार वर्षअघि सिमेन्टको कच्चा पदार्थ क्लिंकर आयातमा ११ अर्ब रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्यांकले देखाउँछ । अहिले क्लिंकर आयातमा लगभग ब्रेक लागेको ताजा तथ्यांकले देखाउँछ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष (आव) २०७९/८० को ८ महीना (साउन–फागुन) मा जम्मा १९ हजार रुपैयाँ मूल्यको क्लिंकर आयात भएको छ । यस अवधिमा जम्मा एकपटक क्लिंकर आयात भएको हो । कात्तिकमा उक्त मूल्यको क्लिंकर आयात भएको देखिन्छ । भन्सार विभागका अनुसार गत आव २०७८/७९ को पहिलो महीना साउनमै ३ करोड ४३ लाख ९८ हजार रुपैयाँको क्लिंकर आयात भएको थियो । गत आव २०७८/७९ मा ३२ करोड १५ लाख रुपैयाँको क्लिंकर आयात भएको देखिन्छ ।   क्लिंकर सिमेन्टको कच्चा पदार्थ हो । अहिले क्लिंकर र सिमेन्टमा मुलुक आत्मनिर्भर भएको छ । केही उद्योगले यी दुवै वस्तु भारतमा निर्यात पनि गरिरहेका छन् । स्वदेशी आवश्यकताभन्दा बढी क्लिंकर र सिमेन्ट उत्पादन हुन थालेपछि पाल्पा र अर्घाखाँची सिमेन्ट उद्योगले यी उत्पादन निर्यात गरिरहेका छन् । नेपाल सिमेन्ट उत्पादक संघका उपाध्यक्ष ताराप्रसाद पोखरेल स्वदेशमा सिमेन्टको खपत कम हुँदा पछिल्लो समय क्लिंकर विक्रीमा समस्या भएको बताउँछन् । ‘सामान्य अवस्था अर्थात् पूर्वाधार निर्माणको सिजनमा करीब ८० प्रतिशतसम्म क्लिंकर खपत हुन्थ्यो, अहिले यो करीब ३० प्रतिशतमा झरेको छ,’ पोखरेलले आर्थिक अभियानसँग भने । संघका अनुसार अहिले क्लिंकर मात्रै उत्पादन गर्ने उद्योग १६ ओटा छन् । यी उद्योगले दैनिक ४० हजार मेट्रिक टन उत्पादन गर्छन् । सिमेन्ट खपत कम भएपछि उत्पादन क्षमता घटाइएको उपाध्यक्ष पोखरेलको भनाइ छ । पाल्पा ब्रान्डमा सिमेन्ट उत्पादन गर्दै आएको आरएमसी ग्रूपका कार्यकारी निर्देशक राजेशकुमार अग्रवालले राज्यको पूँजीगत खर्च कम हुँदा विकास निर्माण प्रभावित भई सिमेन्टको माग कम भएको बताए । विगतमा यस क्षेत्रमा लगानी बढ्दा अहिले मुलुक सिमेन्ट र क्लिंकरमा आत्मनिर्भर हुनुका साथै निर्यात पनि भइरहेको उनको तर्क छ । आरएमसी ग्रूपबाट उत्पादित सिमेन्ट गत असारदेखि निर्यात हुँदै आएको छ । अग्रवालका अनुसार अहिले क्लिंकर पनि निर्यात हुन्छ । अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक पशुपति मुरारकाले पनि आफ्नो उद्योगले क्लिंकर निर्यात गर्न थालेको जानकारी दिए । ‘छोटो समयमै क्लिंकर आयात शून्यमा झरेको छ,’ मुरारकाले भने, ‘अर्घाखाँची र पाल्पा सिमेन्ट उद्योगले हालसम्म क्लिंकर र सिमेन्ट गरेर ३० हजार मेट्रिक टन भारत निर्यात गरिसकेका छन् ।’ ‘अर्घाखाँची’ ब्रान्डमा सिमेन्ट उत्पादन गर्ने मुरारकाको उद्योगले क्लिंकर पनि उत्पादन गर्छ । ‘आयातित क्लिंकर महँगो हुने तर स्वदेशमै रहेको कच्चा पदार्थ चुनढुंगाको उपयोग नहुने अवस्था विगतमा थियो,’ मुरारकाले भने, ‘स्वदेशी कच्चा पदार्थ सदुपयोगबाट अहिले मुलुक आत्मनिर्भर भएर पनि निर्यात गर्ने अवस्थामा आइपुगेको छ ।’ पछिल्ला वर्षमा यस क्षेत्रमा स्वदेशी र विदेशी दुवै व्यवसायीले ठूलो लगानी गरेका छन् । संघका अनुसार हालसम्म सिमेन्ट उद्योगमा ३ खर्ब रुपैयाँ लगानी भएको छ । २०७२ को भूकम्पपछि पुनर्निर्माणको काम तीव्र हुँदा सिमेन्टको माग ह्वात्तै बढ्यो । त्यसपछि सिमेन्ट उद्योगमा स्वदेशी र विदेशी लगानी थपिने क्रम बढ्यो । संघका अनुसार नेपालमा अहिले करीब पाँच दर्जन सिमेन्ट उद्योग सञ्चालनमा छन् । यी उद्योगको वार्षिक उत्पादन क्षमता २ करोड ५० लाख मेट्रिक टन छ । उत्पादन क्षमताभन्दा माग कम हुँदा उत्पादकहरूले भारत निर्यातका लागि सहजीकरण गरिदिन सरकारसँग माग राख्दै आएका थिए । सरकारले निर्यातमा नगद अनुदान दिने बजेटमा घोषित कार्यक्रम कार्यान्वयन गरेसँगै उद्योगीहरूले सिमेन्ट र क्लिंकर निर्यात शुरू गरिसकेका छन् ।

अर्घाखाँची सिमेन्ट भारत निर्यात

केही वर्षअघिसम्म सिमेन्ट तथा क्लिंकर दुवैमा भारतसँग आत्मनिर्भर रहेको नेपाल अब सिमेन्ट र क्लिंकर दुवै भारत निकासी गर्न सक्षम भएको छ । सोमबारमात्रै अर्घाखाँची सिमेन्ट उद्योगले भारतमा सिमेन्ट निर्यात सुरु गरेको छ । रुपन्देही जिल्लाको सियारी गाउँपालिकास्थित मैनहियामा रहेको अर्घाखाँची सिमेन्ट उद्योग नेपालकै ठूलो सिमेन्ट उद्योगमध्येको एक हो । उद्योगले भैरहवाको बेलहिया नाका हुँदै सिमेन्ट […]

अर्घाखाँची सिमेन्ट भारत निर्यात

भैरहवा । केही वर्षअघिसम्म सिमेन्ट तथा क्लिंकर दुवैमा भारतसँग आत्मनिर्भर ररहेको नेपाल अब सिमेन्ट र क्लिंकर दुवै भारत निकासी गर्न सक्षम भएको छ । सोमबारमात्रै अर्घाखाँची सिमेन्ट निर्यात सुरु गरेको छ । रुपन्देही जिल्लाको सियारी गाउँपालिकास्थित मैनहियामा रहेको अर्घाखाँची सिमेन्ट उद्योगमध्येको एक हो । उद्योगले भैरहवाको बेलहिया नाका हुँदै सिमेन्ट भारत निर्यात सुरु गरेको हो […]

अर्घाखाँचीमा कैदी–बन्दीलाई अचार बनाउने तालिम

अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको कारागारमा विभिन्न कसुरमा सजाय भोग्दै आएका कैदी–बन्दीलाई अचार बनाउने तालिम दिइएको छ । कारागारका बन्दीलाई सीप सिकेर आत्मनिर्भर बनाउन ७ दिने तालिम दिएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले जनाएको छ । घरेलु तथा साना उद्योग कार्यालयको सहयोगमा सम्पन्न भएको तालिममा १९ जना बन्दीले तालिममा सहभागिता जनाएका थिए भने ६ […]

अक्सिजन प्लान्ट सञ्चालनमा आयो

अर्घाखाँची । अर्घाखाँची अस्पतालमा ‘अक्सिजन प्लान्ट’ संचालनमा आएको छ । योसँगै जिल्ला अक्सिजन उत्पादनमा आत्मनिर्भर भएको छ। प्लान्टले २४ घंटामा ७० वटा ठूला सिलिण्डर भर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कपिल गौतमले जानकारी दिनुभयो । कोरोना संक्रमणको दोश्रो लहर चलिरहँदा अक्सिजनको जिल्लामा चरम अभाव भएको थियो । तेश्रो लहरमा भने जिल्लामा अक्सिनको अभाव नहुने अस्पतालले जनाएको […]

अर्घाखाँचीमा ल्याइएको तरकारी प्रहरीद्वारा नष्ट

अर्घाखाँची जिल्ला तरकारीमा आत्मनिर्भर छैन । आत्मनिर्भर नभएका कारण रुपन्देही कपिलवस्तु तथा भारतबाट पनि अर्घाखाँचीमा तरकारी आउने गर्छ । जिल्लामा उत्पादन भएको तरकारी ग्रामीण भेगमा बजारमै बिक्री वितरण हुन्छ । सन्धिखर्क नगरपालिकाभित्र उत्पादन भएको तरकारी सन्धिखर्क बजारमा बिक्री हुन्छ । उत्पादन क्षेत्र कम भएकाले यहाँको तरकारीले सदरमुकामलाई पुग्दैन । तरकारीका लागि अर्घाखाँची परनिर्भर छ ।

'क्लिङ्कर बिक्रीमा अग्रणी बन्दै अर्घाखाँची'

काठमाडौँ – नियमित ऊर्जाको उपलब्धता, लगानीमैत्री वातावरण तथा निर्माण क्षेत्रमा आएको उत्साहजनक अवस्थाका कारण पछिल्लो दिनमा नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर भएको छ । विगत केही वर्षपहिले निर्माणको काम शुरु गर्ने बित्तिकै आम ...

दूध बेचेरै वार्षिक ७ करोड अाम्दानी गर्छन् अर्घाखाँचीका युवा

असार - ३१ । अर्घाखाँची जिल्ला दूधमा आत्मनिर्भर बनेको छ । यहाँका युवा व्यावसायिक रुपमा गाईभैंँसी पालनमा लागेपछि यो जिल्ला दूधमा आत्मनिर्भर बनेको हो...