सरकारले कोरोना नियन्त्रणका लागि जारी गरेको लकडाउनका कारण किसानले सहज रुपमा सिजनअनुसारको खेती गर्न पाएका छैनन् । लकडाउन भएको दुई महिना पुग्न लाग्दा कञ्चनपुरमा रसायनिक मलको अभाव भएको छ । सरकारले आम नागरिकलाई घरबाहिर ननिस्कन भएपछि यहाँका किसानलाई मल अभाव भएको हो ।