धान रोप्ने समय सुरु हुन लागेका बेला मल अभाव हुँदा तनहुँका कृषकलाई निकै समस्या देखिएको छ । धानको बीउ राख्ने बेलामा रसायनिक मल नपाउँदा कृषक चिन्तित बनेका हुन् । मकै गोड्ने बेलादेखि नै मलको अभाव भएपछि समस्या भएको व्यास नगरपालिका–११ पोल्याङका राजेन्द्र पौडेलले गुनासो गरे । “मकै गोड्दा पनि मल चाहिन्थ्यो, त्यो बेला पनि पाइएन, दमौलीमा नपाएपछि डुम्रेमा पुगेर चर्को मूल्यमा खरिद गर्नुप¥यो”, पौडेलले भने, “अब धान रोप्ने बेला आउन लाग्यो, मल चाँही कहिले आउँछ कुन्नि ।”पौड