काठमाण्डौ – निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित हुनुभएका प्रदीप पौडेल नेपाली राजनीतिमा नौलो नाम होइन । प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई हराएपछि नेता पौडेलको चर्चा चुलिएको छ । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएसँगै नेता पौडेलले नेपाली राजनीति परिवर्तनको दिशामा अघि बढेको प्रतिक्रिया दिनुभएको छ । उहाँले पार्टीभित्र परिवर्तनको महसुस गराउन हस्तक्षेपकारी भूमिका खेल्ने बताउनुभयो । परिवर्तनको पक्षमा पार्टी भित्र र बाहिरको बसै पक्षसँग हातेमालो गरेर अगाडि बढ्ने पनि उहाँले बताउनुभएको छ...