वनको जग्गामा बनाइएका ८० टहरा भत्काइयो

सर्लाही : सागरनाथ वन विकास परियोजनाको जग्गामा अनाधिकृत रुपमा निर्माण गरिएका ८० वटा टहरा भत्काइएको छ। परियजनाको स्वामित्वमा रहेको बागमती नगरपालिका–५ टेकानीमा निर्माण गरिएको टहरा आइतबार भत्काइएको हो। सुकुम्बासीको नाममा अन्यले जग्गा अतिक्रमण गरी टहरा निर्माण गरेकाले भत्काइएको सागरनाथ वन विकास परियोजनाका प्रमुख जिते...

सम्बन्धित सामग्री

लमही बसपार्कमा बनेका टहरा खाली गराइयो

दाङ–लमही बसपार्कको केही भाग अतिक्रमण गरेर बनाइएका टहरा हटाइएको छ। टहरा निर्माण गरेर चिया तथा खाजा पसल सञ्चालन गरिएको थियो। लमही नगर विकास समितिले टहरा खाली गराएको जनाएको छ। सुरक्षा निकायको साथ लिएर करिब ३२ वटा टहरा खाली गराइएको छ। बसपार्क भित्रको एउटा किनारमा आफुखुसी टहरा निर्माण गरेकाहरुलाई व्यवस्थीत गर्न नगर विकास समितिले त्यहाँबाट हटाएको […]

पाथीभरा मन्दिर परिसरमा व्यवस्थित टहरा निर्माण

मङ्गलबारे, ३१ असार । इलाम रोङ गाउँपालिकामा अवस्थित पाथीभरा मन्दिर परिसरमा व्यवस्थित टहरा निर्माण गरिएको छ । रोङ गाउँपालिका र कोशी प्रदेश सरकारअन्तर्गत पर्यटन वन तथा वातावरण मन्त्रालयको समन्वयमा यहाँका टहरा व्यवस्थित गरिएको हो । टहरा व्यवस्थापनका लागि मन्त्रालयले  ४० लाख, रोङ गाउँपालिकाले  २० लाख र उपभोक्ताले  छ लाख १२ हजार पाँच सय खर्च गरेका […]

अतिक्रमण गरी बनाइएका टहरा हटाइँदै

गोदावरी, ७ जेठ । वन डिभिजन कार्यालयले कैलालीमा वन अतिक्रमण गरी बनाइएका टहरा हटाउने अभियान सुरु गरेको छ । विभिन्न बहानामा सामुदायिक र राष्ट्रिय वन अतिक्रमण गरी बनाइएका टहरा हटाउने अभियान सुरु गरेको हो । कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडा राजमार्ग छेउमा बनाइएका दुईसयभन्दा बढी भौतिक संरचना भत्काइएको डिभिजन वन कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशको […]

लागत नउठ्दै भत्काइयो टहरा

काठमाडौँ, ६ वैशाख । इलामको माङ्सेबुङका प्रेमकुमार माबोहाङले एक लाख ५० हजार ऋण लिएर सात महिनाअघि ताप्लेजुङ सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा टिनको छानो हालेर टहरा बनाए। बीमा कम्पनी र अन्यत्रबाट ऋण सापटी लिएर त्यसैमा आफूसित भएको केही रकम थप गरी टहरा बनाउनुको एउटै उद्देश्य थियो व्यवसाय गरेर जीविका चलाउने । तर, टहरा बनाउँदाको लागत नउठ्दै नगरपालिकाले […]

बेनीमा अव्यवस्थित टहरा हटाइयो

सदरमुकाम बेनीस्थित वीरेन्द्रचोकस्थित सार्वजनिक जग्गामा बनेका अव्यवस्थित टहरा व्यवसायी आफैंले हटाएका छन् । बेनी नगरपालिकाको निर्देशनमा नगर प्रहरीको सक्रियतामा नगरपालिकाको कार्यालय अगाडि र वीरेन्द्रचोकको टहरा व्यवसायीले हटाएका हुन् । वीरेन्द्रचोकको सडक छेउछाउमा बनाएका व्यावसायिक टहरा हटाउन बेनी नगरपालिकाले ३५ दिनमा संरचना हटाउन १५ मंसिरमा सार्वजनिक सूचना जारी गरेको थियो । नगर प्रहरी टोलीको ताकेता र […]

वीरेन्द्रचोकका टहरा हटाउन निर्देशन

बेनी नगरपालिकाले सडक मिचेर बनाइएका टहरा हटाउन सूचना जारी गरेको छ । सदरमुकाम बेनीस्थित वीरेन्द्रचोक आसपासमा टहरा र व्यावसायिक टंकी हटाउन व्यवसायीलाई आग्रह गरेको हो । सडक छेवैमा वर्षौंदेखि टहरा राखेर व्यवसाय गर्दै आएका व्यवसायीलाई ठाउँ खालि गर्न नगरले ३५ दिने सूचना जारी गरेको छ । सडक अतिक्रमण गरेर बसेका कतिपय टहरा र टंकीले नगरलाई […]

महानगरले भत्कायो वनस्थली क्षेत्रका अनाधिकृत घर-टहरा

काठमाडौं : काठमाडौं महानगरपालिकाले आजपनि अनधिकृत घर–टहरा भत्काउने अभियानलाई निरन्तरता दिएको छ। महानगरले आज बालाजु वनस्थली क्षेत्रका अवैध र अनधिकृत रुपमा प्रयोग भएका घर टहरा भत्काएको छ।महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सार्वजनिक जग्गामा भएका घर टहरा भत्काइएको हो।महानगर प्रहरी र नेपाल प्रहरीसहितको टोलीले वनस्थली चोकमा रहेका टहरा भत्काएको हो। डोजर चलाउने क्रममा केही स्थानीयले विरोध गरेका थिए। तर, महानगरपालिकाले भने अवैध भएको भन्दै भत्काइदिएको छ।

नर्भिकको टहरा महानगरले तत्काल नभत्काउने

काठमाडौं : काठमाडौं महानगरले नर्भिक अस्पतालको टहरा तत्काल नभत्काउने भएको छ। नियमविपरित बनेका टहरा भत्काउने तयारीका साथ मंगलवार महानगरका मेयर वालेन्द्र साह अस्पताल पुगेका थिए। त्यहाँ भएका सामग्री सार्न समय लाग्ने भन्दै दुई पक्षबीच सहमति भएपछि तत्काल अस्पतालको टहरा तत्काल नभत्काउने भएको हो। महानगरले सोमवार सूचना टाँसेर अस्पतालले लिजमा लिएको…

बानेश्वरको आइप्लेक्स मल अगाडि नक्सा पास नगरी टहरा निर्माण

काठमाडौं महानगरपालिका–१० बानेश्वरस्थित आइप्लेक्स मल अगाडि मापदण्ड मिचेर ब्यापारिक प्रयोजनको टहरा निर्माण हुँदैछ । सो टहरा रत्नकेशरी कनौडियाले बनाउन लागेका हुन् । ३ रोपनी जग्गा रहेको सो ठाउँमा पहिलेदेखि नै पसलहरु सञ्चालनमा थियो । अहिले सो पसल भत्काएर नयाँ टहरा निर्माण गर्न थालिएको छ । टहरा निर्माण गर्न नगरपालिकाबाट नक्सा पास गर्नुपर्छ । तर, कनौडियाले नक्सा पास गराएका छैनन् ।नयाँ बानेश्वरबाट पुरानो बानेश्वरतर्फ जाने मुख्य सडक ८ मिटरको छ । जग्गाको दायाँतिर ८ फिटको गल्ली छ । सो गल्लीको नाम हो

वनको जग्गा अतिक्रमण गरी बनाइएका टहरा भत्काइयो

कञ्चनपुर : कृष्णपुर नगरपालिका-४ बेलकुण्डी वन क्षेत्रको जग्गा कव्जा गरी बनाइएका टहरा भत्काइएको छ। सब डिभिजन वन कार्यालय वाणिका कर्मचारी, प्रहरी र हरियाली सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताले सोमबार टहरा भत्काइएको हो।वन क्षेत्रमा निर्माण गरिएका ३० भन्दा बढी घर टहरा भत्काइएको सब डिभिजन वन कार्यालयका कार्यालय प्रमुख बालमुकुन्द भट्टले जानकारी दिए।‘घर टहरा निर्माण गरिएको क्षेत्रमा सिमेन्टका पिल्लरसहित गरिएको तारवार समेत हटाएका छौं‚’ उनले भने, ‘पटक पटक यस क्षेत्रको अतिक्रमण ह