जुम्ला – जुम्लामा म्याद नाघेको जुस खाँदा २५ जना विद्यार्थी बिरामी भएका छन् । जुम्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका ५ देपालगाउँको हिमाली बोर्डिङ स्कुलका विद्यार्थीले म्याद नाघेको जुस खाँदा उनीहरू बिरामी परेका हुन् ।
स्कुलका प्रधानाध्यापक मन्जील गिरीले म्याद नाघेको जुस खाँदा दुई सय ६० मध्ये २५ जना विद्यार्थी घाइते भएका जानकारी दिनुभयो । पानीमा पनि केही मिसिएको हो कि भन्ने आशङ्कामा पानी परीक्षण गर्न थालिएको उहाँको भनाइ छ ।
विद्यार्थीमा पेट दुख्ने, टाउको दुख्ने समस्या देखिएपछि विद्यालय आज बुधवारद...