पानी पिउँदा खोटाङमा ३ जना विद्यार्थी बिरामी

खोटाङ : खोटाङको एउटा विद्यालयमा पानीका कारण ३ जना विद्यार्थी बिरामी परेका छन्। जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित दाम्ली माध्यमिक विद्यालयमा अध्ययनरत ३ जना विद्यार्थी सोही स्कुलमा पानी पिएपछि बिरामी परेका हुन्।विद्यालय नजिकैको धाराबाट जारमा ल्याएर राखिएको पानी पिएपछि ती विद्यार्थी बिरामी परेका डिकुवाका वडाध्यक्ष हरिकुमार खड्काले बताए। जारमा राखिएको पानी अन्य विद्यार्थीले पिउँदा केही नभएको तर सबैभन्दा पछि जारको पानी रित्तिन लागेपछि पानी पिउने ३ जना विद्यार्थी बिरा