जुम्लामा ट्यांक जुस खाँदा एकै विद्यालयका २४० जना विद्यार्थी बिरामी भएका छन् । गुठीचौर गाउँपालिका–५ देपालगाउँस्थित हिमाली बोडिङ स्कूलका विद्यार्थीले म्याद नाघेको ट्यांक जुस खाँदा एकै साथ बिरामी परेका हुन् । २४० जना विद्यार्थी रहेकामध्ये जुस खाएको पहिलो दिन तीन जना बिरामी भएका र भोलिपल्ट एकै साथै सबै बिरामी परेका हिमाली बोडिङ स्कूलका प्रिन्सिपल मञ्जिल गिरीले जानकारी दिए । ‘हामीले अभिभावकलाई बोलाएर तत्काल २५ जनाको उपचार गराएका थियौँ,’ उनले भने, ‘बाँकी सबै आफैँ ठिक