मानुषी यमी भट्टराई काठमाडौं ७ बाट उठ्दै

काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन तर्फबाट काठमाडौं क्षेत्र नम्बर ७ मा माओवादी केन्द्रकी मानुषी यमी भट्टराई उठ्ने भएकी छन्।सीट बाँडफाँटका क्रममा सत्तारूढ गठबन्धनबीच सहमति हुँदा काठमाडौं ७ माओवादीको भागमा परेको थियो।२०६४ को संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट उनकी आमा हिसिला यमी विजयी भएकी थिइन् भने २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी हारेकी थिइन्।यो क्षेत्रमा यसपटक नेकपा एमालेले उम्मेदवारी दिएको छैन। यहाँ एमालेले जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठलाई सघाउनेबार

सम्बन्धित सामग्री

प्रचण्डहरू फेरि प्रधानमन्त्री भएर मुलुकले निकास पाउँदैनः मानुषी यमी भट्टराई

काठमाडौं, १७ मंसिर । नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले काठमाडौं ७ मा आफ्नो पराजयबाट राजनीतिक शिक्षा लिएको बताएकी छन् । ‘काठमाडौं ७ मा चुनाव लड्नका लागि मैले गठबन्धनमा नहुँदादेखि नै लामो तयारी गरेकी थिएँ । हँसिया हथौडा ठूलो चुनौती हो भन्ने पनि मलाई पहिले नै थाहा थियो । तर राजनीतिक आधार जतिसुकै कमजोर […]

काठमाडौं–७ का चुनावी ‘आकर्षण’

काठमाडौं, कात्तिक ३० । काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ७ मा वाम लोकतन्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)की मानुषी यमी भट्टराई र नेकपा एमालेबाट श्यामकुमार घिमिरे मुख्य प्रतिस्पर्धी देखिए पनि अन्य उम्मेदवार पनि उत्तिकै सशक्त देखिएका छन्। स्वतन्त्र उम्मेदवारको रूपमा उठेका एमालेका पूर्व सांसद रामवीर मानन्धरका कारण एमालेका श्याम घिमिरे संकटमा छन् भने जनता समाजवादी पार्टीबाट […]

आफ्नै कामले चिनिन चाहन्छु : मानुषी

१७ कात्तिक, काठमाडौं । मानुषी यमी भट्टराई सत्ता गठबन्धनका तर्फबाट काठमाडौं–७ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार छिन् । भोट माग्न जाँदा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईकी छोरी भनेर धेरैले चिन्ने र सोही रूपमा परिचित हुनुपर्ने बाध्यता उनको छ । आफ्नै कामबाट परिचित हुने उनको चाहना छ । सत्ता गठबन्धनमा रहेका दलको सबै मत आफूलाई आउने र निर्वाचित […]

काठमाडौं–७ मा पुगेर प्रचण्डले गरे मानुषीको प्रश‌ंसा

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सहयात्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई बौद्धिक र डाइनामिक भएको बताएका छन् । काठमाडौं–७ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार मानुषीको चुनाव क्षेत्रमै आयोजित शुभकामना आदनप्रदान, निर्वाचन परिचालन समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मानुषीमा बच्चा बेलादेखि नै समर्पित भएर […]

काठमाडौं-७ मा रविन्द्र श्रेष्ठको स्वतन्त्र उम्मेदवारी

काठमाडौं : काठमाडौं क्षेत्र नं ७ बाट प्रतिनिधिसभा सदस्यमा रविन्द्रकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। आज माछापोखरीस्थित निर्वाचन अधिकृतको कार्यालयमा उनले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका हुन्। सो क्षेत्रबाट सत्ता गठबन्धनबाट मानुषी यमी भट्टराई र जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठले निर्वाचन लड्दैछन्। नेकपा एमालले यहाँ आफ्नो उम्मेदवार घोषणा गरिसकेको…

मानुषी काठमाडौं ७ बाट लड्ने

नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराई काठमाडौं ७ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्ने भएकी छिन् । माओवादी केन्द्र र नेसपाबीच एउटै निर्वाचन चिह्नमा संयुक्त रूपमा लड्ने सहमति भइसकेको छ ।...

राजनीतिशास्त्रकी ‘गोल्डमेडलिस्ट’, नीति निर्माणमा हस्तक्षेपको लक्ष्य

२२ भदौ, काठमाडौं । मानुषी यमी भट्टराई राजनीतिमा नयाँ अनुहार होइनन् । उनको सक्रिय विद्यार्थी नेतृत्वको विगत पनि छ । तर, राष्ट्रिय चुनावी राजनीतिका लागि भने नयाँ अनुहार बन्नेवाला छिन् । उनी काठमाडौं–७ बाट प्रतिनिधिसभाका लागि भिड्ने तयारीमा छिन् । हुन त मानुषीको सक्षमता र योग्यतालाई बाबुराम भट्टराई र हिसिला यमीको नामले सेप नलगाइदिएको होइन […]

काठमाडौं-७ मा गठबन्धनको उम्मेदवार राजेन्द्र कि मानुषी ?

१९ भदौ, काठमाडौं । ३० वैशाखको स्थानीय चुनावसम्म राजेन्द्र श्रेष्ठ र मानुषी यमी भट्टराई एउटै पार्टीमा थिए । श्रेष्ठ जनता समाजवादी पार्टीका सिनियर नेता थिए भने मानुषी युवा पुस्ताको । तर अहिले दुबै अलग पार्टीमा मात्र छैनन्, सत्तारुढ गठबन्धनको तर्फबाट एउटै क्षेत्रमा उम्मेदवार बन्ने दौडमा छन् । जसपाका वरिष्ठ नेता श्रेष्ठले काठमाडौं–७ बाटै प्रचार–प्रसार सुरु […]