डोटीको दिपायल सिलगढी नगरलाई कृषि पकड क्षेत्र बनाइने

डोटी - डोटीको दिपायल सिलगढी नगरपालिकाले नगर क्षेत्रलाई कृषि पकड क्षेत्र बनाउने अभियान सुरु गरेको छ । सीमान्तकृत वर्गलाई आयआर्जनको मूलधारमा ल्याइ दैनिक जीवनयापनमा सहजता बनाउने उद्देश्यले पहिलो चरणमा नगरपालिकाले कृषिमा आधारित विभिन्न कार्यक्रम ल्याएको छ । आर्थिक वर्ष २०७९/०८० को पशु सेवा शाखाको ससर्त तथा निसर्त कार्यक्रम अनुसार वडा नम्बर १, २, ३ मा लागू हुने गरी कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ । नगरलाई नमुना कृषि पकड क्षेत्र बनाउने अवधारणाका साथ चालु आर्थिक वर्षको कार्यक्रम वडा नम्बर  १, २ र ३ मा...

सम्बन्धित सामग्री

दिपायल सिलगढी नगरपालिकामा फलफूलका ३० हजार विरुवा वितरण

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिकाभित्र विभिन्न फलफूलका ३० हजार २०० विरुवा वितरण गरिएको छ । दिपायल सिलगढी नपाका अनुसार सुदूरपश्चिम कृषि विकास निर्देशनालय र गैरसरकारी संस्थाको साझेदारीमा उक्त विरुवा वितरण गरिएको हो । निर्देशनालयले १२ हजार ५०० विरुवा वितरण गरेको छ । अम्रपाली जातको आँपका ४ हजार, शाही जातको लिचीका ३ हजार, रुखकटहरका ५००, […]

सुदूरपश्चिममा ६५ प्रतिशत रोपाइँ सम्पन्न

डोटी – सुदूरपश्चिम प्रदेशमा ६५ प्रतिशत धान रोपाइँ सकिएको छ । सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालय दिपायल, राजपुरका अनुसार सुदूरपश्चिमको अन्न भण्डार मानिने कञ्चनपुर र कैलालीमा मात्रै ७० प्रतिशत रोपाइँ सकिएको छ । नौ जिल्ला रहेको सुदूरपश्चिममा धान र गहुँ उत्पादन यी दुई जिल्लामा औसतमा बढी हुने गरेको छ । सुदूरपश्चिममा पूर्णरुपमा राेपाइँ  सकिन साउनको पहिलो हप्तासम्म लाग्ने कृषि विकास निर्देशनालयले जनाएकाे छ । निर्देशनालयका सूचना अधिकृत केशवराज पाण्डेयले सुदूरपश्चिममा कूल एक लाख ७५ हजा...

भीमदत्त उत्कृष्ट पुरस्कारबाट डोटीका तीन जना किसान पुरस्कृत

डोटी – डोटीका तीन जना किसान भीमदत्त उत्कृष्ट पुरस्कारबाट पुरस्कृत भएका छन् । सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल, राजपुर डोटीले जिल्लाको जोरायल गाउँपालिका–३ की आकृति कठायत जोशी, केआईसिंह गाउँपालिका–६ का हरीलाल जैसी र शिखर नगरपालिका–११ का कर्णबहादुर बलायरलाई उक्त पुरस्बाट पुरस्कृत गरेको हो । आर्थिक वर्ष २०७९/८० मा निवेदन दर्ता गर्ने आठ जनामध्ये तीन जना कृषकलाई उत्कृष्ट कृषक छनोट गरिएको निर्देशनालयले जनाएको छ ।  पुरस्कृत भएका किसानहरुलाई जनही २५ हजार नगदसहित प्रमाणपत्र ...

दुई वर्षमा पनि बनेन दुई कोठे घर

टीनले छाएको दुई कोठे सानो घर बनाउन कति समय लाग्ला ? एक महिना वा दुई महिना । तर सुदूरपश्चिम प्रदेश सरकारले सुकुम्बासीका लागि बनाइरहेको ३२ वटा घर दुई वर्षमा पनि निर्माण पूरा भएको छैन । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मुख्यमन्त्री एकीकृत बस्ती विस्तार कार्यक्रमअन्तर्गत कञ्चनपुरको वेदकोट नगरपालिका–५ धर्मपुरमा २५ वटा र डोटीको दिपायल […]

उत्कृष्ट सात कर्मचारी पुरस्कृत

डोटी । कृषि विकास निर्देशनालय दिपायल राजपुरले सुदूरपश्चिम प्रदेशअन्तर्गत आफ्नो कार्यालय मातहतका कृषि क्षेत्रमा उत्कृष्ट काम गर्ने सात कर्मचारीलाई सम्मानसहित पुरस्कृत गरेको छ । मातहतका नौ वटै जिल्लामध्ये उत्कृष्ट कार्य गरेबापत उनीहरुलाई जनही रु ३० हजार नगद तथा प्रमाणपत्र सहित सम्मान गरिएको हो । पुरस्कृत हुनेमा सुक्खा फलफूल विकास केन्द्र सतबाँझ बैतडीका अधिकृत आठौँ तहका […]

सुदूरपश्चिममा ४३ प्रतिशत रोपाइँ

डोटी – सुदूरपश्चिम प्रदेशमा ४३ प्रतिशत जमिनमा रोपाइँ सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरका अनुसार प्रदेशको सबैभन्दा बढी बैतडीमा ८० प्रतिशत रोपाइँ भएको छ । यस्तै डडेल्धुरामा ७०, अछाममा ६०, बझाङमा ५०, कञ्चनपुर र दार्चुलामा ४०/४०, कैलाली र बाजुरामा ३५/३५ र डोटीमा २५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । प्रदेशमा एक लाख ८१ हजार ६ सय चार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । तर असार १५ गतेसम्म प्रदेशका नौ वटै जिल्लामा ४३ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । प्रदेशका नौ वटै जिल्लामा पर्याप्त सि...

‘नमूना कृषि गाउँ, आफै बनाऔं’

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषि तथा पशुपन्छी विकास क्षेत्रको विकासले मात्र किसानको जीवनस्तर माथि उठ्ने बताएका छन् । दिपायलमा बुधवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषि तथा पशुपन्छी व्यावसायिक विकास र प्रवद्र्धनका लागि राज्यको लगानी वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए । ‘किसानी काम गर्न अर्काको मुलुक किन पस्ने, आफ्नै बाँझो जमिनमा खेती गरौं, स्वरोजगार बनौं,’ उनले भने । कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी शंकर विष्टले देशको आर्थिक समृद्धि र समग्र विकासको लागि कृषि क्षेत्रले ठूलो योगदान पुर्‍याउने बताए । जिल्लामा प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास निर्देशनालय दिपायल राजपुरका आयोजनामा मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्तर्गत ‘नमूना कृषि गाउँ, आफै बनाऔं’ नामक कार्यक्रम कार्यान्वयनमा आएको छ । जिल्लाले कृषि क्षेत्रमा उल्लेख्य फड्को मार्न थालेको कृषि विकास निर्देशक यज्ञराज जोशीले बताए । ‘आर्थिक अभाव भएका तर स्वदेशमै कृषि क्षेत्रमा केही गरौं भन्ने सोच भएका व्यक्तिलाई नमूना कृषि गाउँ, आफै बनाऔं भन्ने कार्यक्रम फलदायि भएको छ,’ उनले भने, ‘कृषि क्षेत्रमा पनि उल्लेख्य विकास हुँदै छ ।’       सडक सञ्जालले नछोएको सिँचाइको व्यवस्थापन हुन नसकेको, बजारीकरणको अभाव, किसानको माग र आवश्यकता अनुसार नभएर ‘माथि’बाटै सिधै योजना आउने गरेकाले समस्या हुँदै आएको कार्यक्रमका सहभागीले गुनासो गरेका थिए । रासस

सुदूरपश्चिमका २७ कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका २७ कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालय दिपायल डोटीले शुक्रबार डडेल्धुरामा कार्यक्रम आयोजना गरी जिल्लाका तीन कृषकलाई पुरस्कार वितरण गरेसँगै पुरस्कृत हुनेको संख्या २७ पुगेको हो।डडेल्धुराबाट पुरस्कृत हुनेमा जिल्लाको गन्यापधुरा गाउँपालिका–१ का कृषक दत्तराज अवस्थी, नवदुर्गा गाउँपालिका–२ की लक्ष्मी भट्ट, आलिताल ग

छ जनालाई भीमदत्त उत्कृष्ट कृषक पुरस्कार

कृषि पेशामा राम्रो गरेका कैलाली र कञ्चनपुरका ६ जना कृषक पुरस्कृत भएका छन्। सोमबार धनगढीको भूमि व्यवस्था तथा कृषि मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई कृषि विकास निर्देशनालय दिपायल डोटीले ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’द्वारा पुरस्कृत गरेको हो।...

लोक सेवा दिपायल कार्यालयको प्राविधिक सहायक पदहरूको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोग दिपायल कार्यालयको प्राविधिक सहायक पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । आयोगको दिपायल कार्यालयको विज्ञापनमा दरखास्त दिई परीक्षा दिएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । शिक्षा, वन, कृषि सेवा अन्तर्गत राजपत्र अनङ्कित प्रथम श्रेणीका प्राविधिक सहायक पदहरूको नतिजा प्रकाशित भएको छ । परीक्षा गत फागुनमा सञ्चालन भएको […]