डोटी – सुदूरपश्चिम प्रदेशमा ४३ प्रतिशत जमिनमा रोपाइँ सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरका अनुसार प्रदेशको सबैभन्दा बढी बैतडीमा ८० प्रतिशत रोपाइँ भएको छ । यस्तै डडेल्धुरामा ७०, अछाममा ६०, बझाङमा ५०, कञ्चनपुर र दार्चुलामा ४०/४०, कैलाली र बाजुरामा ३५/३५ र डोटीमा २५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
प्रदेशमा एक लाख ८१ हजार ६ सय चार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । तर असार १५ गतेसम्म प्रदेशका नौ वटै जिल्लामा ४३ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । प्रदेशका नौ वटै जिल्लामा पर्याप्त सि...