डोटी – सुदूरपश्चिम प्रदेशमा ६५ प्रतिशत धान रोपाइँ सकिएको छ । सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालय दिपायल, राजपुरका अनुसार सुदूरपश्चिमको अन्न भण्डार मानिने कञ्चनपुर र कैलालीमा मात्रै ७० प्रतिशत रोपाइँ सकिएको छ । नौ जिल्ला रहेको सुदूरपश्चिममा धान र गहुँ उत्पादन यी दुई जिल्लामा औसतमा बढी हुने गरेको छ ।
सुदूरपश्चिममा पूर्णरुपमा राेपाइँ सकिन साउनको पहिलो हप्तासम्म लाग्ने कृषि विकास निर्देशनालयले जनाएकाे छ । निर्देशनालयका सूचना अधिकृत केशवराज पाण्डेयले सुदूरपश्चिममा कूल एक लाख ७५ हजा...