‘नमूना कृषि गाउँ, आफै बनाऔं’

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषि तथा पशुपन्छी विकास क्षेत्रको विकासले मात्र किसानको जीवनस्तर माथि उठ्ने बताएका छन् । दिपायलमा बुधवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषि तथा पशुपन्छी व्यावसायिक विकास र प्रवद्र्धनका लागि राज्यको लगानी वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए । ‘किसानी काम गर्न अर्काको मुलुक किन पस्ने, आफ्नै बाँझो जमिनमा खेती गरौं, स्वरोजगार बनौं,’ उनले भने । कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी शंकर विष्टले देशको आर्थिक समृद्धि र समग्र विकासको लागि कृषि क्षेत्रले ठूलो योगदान पुर्‍याउने बताए । जिल्लामा प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास निर्देशनालय दिपायल राजपुरका आयोजनामा मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्तर्गत ‘नमूना कृषि गाउँ, आफै बनाऔं’ नामक कार्यक्रम कार्यान्वयनमा आएको छ । जिल्लाले कृषि क्षेत्रमा उल्लेख्य फड्को मार्न थालेको कृषि विकास निर्देशक यज्ञराज जोशीले बताए । ‘आर्थिक अभाव भएका तर स्वदेशमै कृषि क्षेत्रमा केही गरौं भन्ने सोच भएका व्यक्तिलाई नमूना कृषि गाउँ, आफै बनाऔं भन्ने कार्यक्रम फलदायि भएको छ,’ उनले भने, ‘कृषि क्षेत्रमा पनि उल्लेख्य विकास हुँदै छ ।’       सडक सञ्जालले नछोएको सिँचाइको व्यवस्थापन हुन नसकेको, बजारीकरणको अभाव, किसानको माग र आवश्यकता अनुसार नभएर ‘माथि’बाटै सिधै योजना आउने गरेकाले समस्या हुँदै आएको कार्यक्रमका सहभागीले गुनासो गरेका थिए । रासस

सम्बन्धित सामग्री

बाख्रापालनमा सघाउँदै स्मार्ट कृषि कार्यक्रम

रामपुर– बाख्रापालन व्यवसायलाई दीगोरुपमा सञ्चालन गर्ने उद्देश्यले पाल्पामा स्मार्ट कृषि गाउँ कार्यक्रममा जोड दिइएको छ । जिल्लाको निस्दी, पूर्वखोला, बगनासकाली गाउँपालिकामा बाख्रापालन र रैनादेवी छहरामा तरकारी तथा खाद्यान्न बालीमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालित छ ।  बाख्रापालनलाई प्रोत्साहन गर्दै उत्पादन वृद्धि गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो । यस कार्यक्रमबाट उत्पादन वृद्धि गर्नुका साथै कृषकको […]

लुम्बिनी प्रदेशका ‘स्मार्ट कृषि गाउँ’ मा बर्सेनि करोडौँ बजेट, उपलब्धि कति ?

बुटवल । लुम्बिनी प्रदेश सरकारले ‘स्मार्ट कृषि गाउँ’ बनाउन प्रत्येक वर्ष करोडौँ रुपैयाँ बजेट छुट्याउने गरेको छ । आर्थिक वर्ष २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रम मार्फत नै प्रदेश सरकारले ‘स्मार्ट कृषि गाउँ’ कार्यक्रम सुरु गरेको हो । त्यस यता बर्सेनि यो कार्यक्रमका लागि बजेट विनियोजन हुँदै आएको छ ।२०७५ भदौ ४ गते तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले रुपन्देहीको देवदह नगरपालिकामा पहिलो स्मार्ट कृषि गाउँ घोषणा गरेसँगै अहिलेसम्म ११६ ठाउँमा यो कार्यक्रम लागु भइसकेको छ । सम्झौता

‘स्मार्ट कृषि गाउँ कार्यक्रम’को प्रभाव, पलायन भएकाहरू पनि कृषिमा फर्किए

तर, पुरानै प्रविधि अपनाएर कृषि गर्दा उत्पादनमा कमी आएको थियो । लगानी र मेहनत बढी तर उत्पादन कम हुँदा किसानहरू कृषि पेशाबाट पलायन भई दैनिक ज्यालादारी मजदुरीमा लागेका थिए ।

स्मार्ट कृषि गाउँ कार्यक्रम : बाँकेका किसान फेरि कृषिमै फर्किए

बाँके – कृषि पेसाबाट पलायन भएका किसानहरू स्मार्ट कृषि गाउँ कार्यक्रम लागू भएपछि फेरि कृषिमा फर्किएका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका ७ फत्तेपुरका किसानहरू पुरानो प्रविधिबाट खेती गर्दा उत्पादनमा कमी भएपछि मजदुरी पेसामा लागेका थिए । तर कृषि ज्ञान केन्द्र बाँकेले ७ नम्बर वडामा स्मार्ट कृषि गाउँ कार्यक्रम लागू गरेपछि किसानहरू फेरि कृषि पेसामा फर्किएका हुन् । याे गाउँपालिका कृषि पेसामा होमिएको ठाउँ हो । तर पुरानै विधि र प्रविधि अपनाएर कृषि गर्दा उत्पादनमा कमी आएको थियो । लगानी र मेहनत धेरै लाग्ने ...

बाँकेमा स्मार्ट कृषि गाउँ कार्यक्रम लागू : किसानहरु पुन: कृषि पेशामा फर्किए

कृषि पेशाबाट पलायन भएका किसानहरु स्मार्ट कृषि गाँउ कार्यक्रम लागू भएपछि पुनः कृषि पेशामा फर्केका छन् ।

अनुदानलाई प्रभावकारी बनाउने रणनीति बनाउँदै कृषि मन्त्रालय

काठमाडौँ । लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले प्रदेश मातहतबाट वितरण हुने अनुदानको प्रभावकारिता बढाउनका लागि अनुगमन कार्यक्रमलाई थप कडाइका साथ लागू गर्ने प्रतिबद्धता गरेको छ । किसानका लागि मन्त्रालयले सुरुवात गरेका स्मार्ट कृषि गाउँ, ब्याज अनुदान प्रदान गर्ने कार्यक्रमसहित प्रतिफलमा आधारित अनुदान कार्यक्रम नमुनाको रूपमा सफल भए पनि सबै अनुदान लिनेहरू […]

सुदूरपश्चिमको नारा ‘नमूना कृषि गाउँ, आफैँ बनाऔँ’

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषि तथा पशुपंछी विकास क्षेत्रको विकासले मात्र किसानको जीवनस्तर माथि उठ्ने बताउनुभएको छ । दिपायलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कृषि तथा पशुपंछी व्यवसायिक विकास र प्रवद्र्धनका लागि राज्यको लगानी बृद्धि गर्नु आवश्यक छ भन्नुभयो । उहाँले भन्नुभयो, “किसानी काम गर्न अर्काको मुलुक किन पस्ने, आफ्नै बाझो जमिनमा खेती गरौँ, …

दूधपोखरीमा मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रम सञ्चालन

लमजुङ : दूधपोखरी गाउँपालिका वडा नं १ मा मुख्यमन्त्री नमूना कृषि कार्यक्रम सञ्चालन भएको छ।भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश पोखराको आर्थिक सहयोग तथा ठूलाबारी, माझीबारी कृषक समूहको साझेदारीमा सो वडाका सबै घरपरिवारलाई समेट्ने गरी मुख्यमन्त्री नमूना कृषि कार्यक्रम सञ्चालन भएको हो।कार्यक्रम अन्तरगत उक्त वडामा फलफूल खेती र बाख्रापालन कार्यक्रम रहेको छ। चालु वर्ष २०७७/०७८ बाट सञ्चालन भएको उक्त कार्यक्रमका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश पोखराले ४

स्मार्ट कृषि गाउँ न पानी, न बत्ती

प्रदेश नं ५ को सरकारले बंगलाचुली गाउँपालिका–६ को रिभान गाउँलाई स्मार्ट कृषि गाउँ घोषणा गरे पनि पानी र विद्युत् विस्तार हुन नसक्दा ‘स्मार्ट कृषि गाउँ’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढन सकेको छैन ।

पाल्पाका ४ स्थानमा ‘स्मार्ट कृषि गाउँ कार्यक्रम’

बेझाड । पाल्पाका ४ स्थानमा 'स्मार्ट कृषि गाउँ कार्यक्रम' सञ्चालन हुने भएको छ। प्रदेश सांसद कार्यक्रमअन्तर्गत प्रदेश ५ का ५२ स्थानअन्तर्गत पाल्पाका ४ स्थानीय तहमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन हुँदैछन्। नयाँ सोचका साथ ...