प्रदेश १ प्रदेशसभा बैठकमा एक मन्त्रीले व्यक्तिगत आलोचना र गाली बेइज्जती गर्न थालेपछि सभामुखले चार पटक रुलिङ गर्नुपरेको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले सांसदविरुद्ध व्यक्तिगत आलोचना गर्न थालेपछि सभामुख प्रदीपकुमार भण्डारीले उनलाई चार पटक रुलिङ गरेका हुन् । आइतबार मन्त्रालयगत बजेट विनियोजनका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री गुरुङ आफ्नै जिल्ला ओखलढुंगाबाट निर्वाचित माओवादी केन्द्रका सांसद मोहन खड्कामाथि खनिएका थिए ।सभामुखको रुलिङलाई बेवास्ता ग