हिमालयन र इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार रोक्का, मर्जरको प्रकृया अघि बढ्यो

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार रोक्का भएको छ ।हिमालयन र इन्भेष्टमेन्ट एक आपसमा मर्जमा गएकाले दुवै बैंकको शुक्रबार (वैशाख ३१ गते) देखि शेयर कारोबार रोक्का हुनेछ । मर्ज सम्पन्न भएर एकीकृत कारोबार भएपछि अब हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट बैंकका नामबाट शेयर कारोबार खुल्नेछ । दुवै बैंकबीच मर्जरका लाग...

सम्बन्धित सामग्री

नेप्सेद्धारा इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको कारोबार रोक्का

काठमाडौं, ३० जेठ । एक आपसमा गाभिने सहमतिसँगै नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बंैंकको शेयर कारोबार रोक्का भएको छ । दुई बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई गाभिने सहमतिको जानकारी दिँदै कारोबार रोक्न निवेदन दिएपछि सेयर कारोबार रोक्का भएको हो । बैंकबीच अहिलेसम्म भएको सम्झौता अनुसार अब नेपालकै सबैभन्दा ठुलो वाणिज्य बैंक बन्ने दाबी गरिएको छ […]

नेप्सेमा इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको शेयर कारोबार रोक्का भएको छ । गत शुक्रबार दुवै बैंकले एक आपसमा मर्जमा जाने सम्झौता गरेसंगै नेप्सेमा कारोबार रोक्का भएको हो ।  सम्झौताअनुसार  मर्ज पछि बन्ने बैंकको नाम 'नेपाल इन्भेष्टमेन्ट मेगा बैंक' रहने छ भने अध्यक्ष र सीइओ इन्भेष्टमेन्ट कै रहने छन् । अन्य संचालक भने दुवै बैंकबाट प्रतिनिधित्व गर्ने छन्  । त्यस्तै १००:९० को स्वापको लागि प्रारम्भिक सहमति भएको छ । मर्जरपछि ढिलोमा ६ महिना भित्र एकिकृत कारोबार हुने गरि काम हुने बताईएको छ । हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । १००:९० को स्वापमा मर्ज भए मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब पुग्ने छ। बैंकहरु मर्जमा जाँदा कारोबार रोक्का नहुने ब्यबस्था गर्नु पर्ने माग उठिरहेको बेला समयमा कानुनी निकास नहुँदा यी २ बैंकको कारोबार रोक्का हुन पुगेको हो ।  नेपाल धितोपत्र बोर्डले पनि कम्पनीहरु मर्जमा जाँदा लामो समय कारोबार रोक्का नहुने ब्यबस्था गर्ने प्रतिवद्धता जनाईसकेको छ ।

इन्भेष्टमेन्टको शेयर कारोबार आजदेखि खुला, कारोबार खुले लगत्तै नेगेटिभ सर्किट

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा रोक्का रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार फुकुवा भएको छ। नेप्सेले आज जेठ १६ गतेदेखि लागु हुने गरि बैंकका आधारभूत शेयरधनीहरुको बाहेकको शेयर कारोबार फुकुवा गरेको हो। नेप्सेले बैंकलाई पठाएको पत्रमा भनिएको छ ' उपरोक्त सम्बन्धमा यस लिमिटेडमा सूचीकृत त्यस कम्पनीको कम्पनी ऐन, २०६३ को दफा ५० को उपदफा (१) बमोजिमका आधारभूत शेयरधनीहरु बाहेकका शेयरधनीहरुको धितोपत्रको कारोबार मिति २०७९/०२/१६ देखि फुकुवा गरिएको व्यहोरा निर्णयानुसार जानकारीको लागि अनुरोध छ।'शेयर कारोबार फुकुवा भए लगत्तै कम्पनी शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म बैंकको शेयर मूल्य ९.९९ प्रतिशतले घटेर प्रति कित्ता ३६७.७० रुपैयाँमा कारोबार भएको छ । बैंकको शेयरको खरिदकर्ता छैनन् ।नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले मर्जमा जाने सम्झौता गरेसंगै २०७८ बैशाख ३१ देखि लागु हुने गरि दुवै बैंकको शेयर कारोबार रोक्का राखिएको थियो ।  बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धि विनियमावली, २०७३ को विनियम ६ को (१) बमोजिम दुवै बैंकको शेयर कारोबार रोक्का राखिएको थियो ।इन्भेष्टमेन्ट बैंकको कारोबार खुला भएपनि हिमालयन बैंकको कारोबार भने तत्कालको लागि रोक्का नै हुने छ । हिमालयनले पनि कारोबार फुकुवा गर्न सकिने बारेको राष्ट्र बैंकको पत्र ल्याएमा हिमालयनको पनि कारोबार फुकुवा हुने नेप्सेले जनाएको छ  । हिमालयन बैंकको विशेष साधारणसभाले मर्जरमा नजाने निर्णय गरेसंगै दुवै बैंकको मर्जर प्रक्रिया भाडिएको थियो। दुवै बैंक १:१ को स्वापमा मर्जमा जाने तयारीमा थिए  ।

नेपाल इन्भेष्टमेन्ट बैंकको मात्र शेयर कारोबार खुल्ने, हिमालयनको अझै अन्योल

जेठ ११, काठमाडौं । मर्जरका कारण २०७८ साल वैशाख ३१ गतेदेखि रोक्का रहेको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शेयर कारोबार सुचारु हुने भएको छ ।  नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई बैंकको आधारभूत शेयरधनीहरु बाहेकको शेयर कारोबार सुचारु गराउन निर्देशन दिएसँगै नेप्सेले प्रक्रिया अघि बढाएको हो ।  नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले राष्ट्र बैंकको निर्देशन बमोजिम आधारभूत शेयरधनीहरुको मात्र शेयर कारोबार रोक्का हुने व्यवस्था मिलाउन सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्राचार गरिसकिएको बताए ।  भोलिदेखिनै कारोबार सुचारु हुन्छ त ? भन्ने प्रश्नमा पराजुलीले सिडिएससीले उक्त काम सम्पन्न गरेपश्चात मात्र कारोबार सुचारु गरिने जानकारी दिए ।  नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरकै कारण सोही दिनदेखि रोक्का रहेको हिमालयन बैंक लिमिटेडको शेयर कारोबार सुचारु हुने अन्योलता भने अझै कायम रहेको छ । पराजुलीले एकै दिन दुवै कम्पनीको शेयर कारोबार रोक्का भएपनि राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकको मात्र शेयर कारोबार सुचारु गर्न पत्राचार गरेको बताएका छन् । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक बीचको २०७८ साल वैशाख ३० गते भएको मर्जर सम्झौता हिमालयन बैंकले अस्वीकृत गरेको हो । हिमालयन बैंकको पुस ३० गतेको वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव अस्वीकृत गरेको थियो ।  यी दुई बैंकबीच एक बराबर एक शेयर आदानप्रदान गर्ने सहमति अनुसार मर्जरमा जाने सम्झौता भएको थियो । तर, हिमालयन बैंकको वार्षिक साधारण सभामा मर्जरको पक्षमा ४३ दशमलव ६३ प्रतिशत मात्र मत प्राप्त भएको थियो ।  सभाका लागि तय गरिएको विशेष प्रस्तावमा उल्लेखित मर्जर सम्बन्धमा उपस्थित शेयरधनीहरुमध्ये ७५ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरुले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव सभाद्वारा स्वीकृत हुने व्यवस्था थियो ।  यसर्थ हिमालयन बैंकको वार्षिक साधारण सभामा मर्जर पक्षमा आवश्यक ७५ प्रतिशत मत नपुगेका कारण उक्त प्रस्ताव अस्वीकृत भएको थियो । हिमालयन बैंकले मर्जर प्रस्ताव सभाबाट अस्वीकृत गरेसँगै नेपाल इन्भेष्टमेन्ट बैंकले माघ ४ गते सम्पन्न विशेष साधारण सभामार्फत मर्जर प्रस्ताव रद्द गरेको थियो ।

मर्जरमा शेयर कारोबार रोक्का गलत

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई कारोबार भइरहेका कम्पनीहरू एकआपसमा मर्जरमा जाँदा वा प्राप्ति प्रक्रियामा रहँदा शेयरको दोस्रो बजारमा कारोबार रोक्का गर्ने गरिएको छ । तर, यसरी लामो समयसम्म कारोबार रोक्का राख्नुपर्नेमा न चित्तबुझ्दो कारण छ न त अन्तरराष्ट्रिय अभ्यास नै । मर्जर प्रक्रियामा रहेका कम्पनीको कारोबार खुलाउनुपर्छ भनेर नियामक निकायका आधिकारिक व्यक्तिहरूले बताए पनि त्यसलाई खुलाउन भने कुनै पहल भएको छैन । अहिले १४ वटा कम्पनीहरूको कारोबार रोकिँदा पनि लगानीकर्तालाई परेको मर्काबारे सम्बद्ध निकायले चासो दिएको पाइँदैन । सम्पत्ति र दायित्वको मूल्यांकन गरी स्वाप रेसियो तय भइसकेका कम्पनीको हकमा कारोबार रोकेर राख्नै पर्दैन । यो कुरा थाहा पाएर पनि कारोबार खुलाउन काम नगर्नु सरोकारवालाहरूको गैरजिम्मेवारी नै हो । शेयरबजारमा लगानी गर्नुको एक प्रमुख कारण यसको तरलता नै हो । तरलता भनेको चाहेको बेला विक्री गरी तत्काल नगद प्राप्त गर्न सक्नु हो । आपत्विपत् पर्दा आफूसँग भएको शेयर विक्री गरी गर्जो टार्न पाइने भएकाले थोरैथोरै बचत पनि शेयरमा लगानी गर्ने गरेको पाइन्छ । पूँजी बजार भनेकै लगानीका लागि पूँजी संकलन गर्ने थलो हो । त्यसो हुँदा शेयरमा लगानी गरेर लगानीकर्ता ढुक्क हुन्छन् । तर, कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेजस्तो अन्यत्र प्रचलनमा नदेखिएको मर्जर र प्राप्ति प्रक्रिया पूरा नहुन्जेलसम्म कारोबार रोक्का गर्ने प्रचलन नेपालमा ल्याइएको छ । पूँजी बजारमा निकै सुधार आएको छ । तर, यो अव्यावहारिक र लगानीकर्तालाई समस्या पार्ने प्रावधान हटाउनेतर्फ भने नियामक निकाय कसैले पनि चासो दिएको पाइँदैन । यसले गर्दा शेयरबजारको विकास र विस्तारमा समस्या परिरहेको छ । लगानीकर्ताले गरेको लगानी वर्षौंसम्म बन्धकका रूपमा रहँदा उनीहरूको लगानी निष्क्रिय बनेको छ । त्यस्तै शेयरको भाउ बढेको बेला बेच्न नपाउँदा बजार घटेर लगानीकर्तालाई घाटा भएको छ । यो घाटा कसले ब्यहोर्ने ? कुनै पनि कम्पनी मर्जरमा जाँदा स्वाप रेसियो कायम नहुँदासम्म कारोबार रोक्का गर्नु उपयुक्त हो । मूल्यमा चलखेल हुन सक्ने भएकाले यस्तो बेला कारोबार रोक्नु आवश्यक नै देखिन्छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी विनियमावली २०७३ लाई २०७५ मा संशोधन गर्दा मर्जर तथा प्राप्तिमा जाने वित्तीय संस्थाहरूले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरिसकेपछि तिनको कारोबार रोक्का रोख्नुपर्ने व्यवस्था गरेको हो । यसै आधारमा बैंक तथा वित्तीय संस्थाहरू मर्जरका लागि सम्झौता गरेपछि कारोबार रोक्न थालिएको हो । तर, मर्जर भाँडिएको अवस्थामा समेत कारोबार रोक्का गर्ने गरिएको छ जुन गलत मात्र होइन, अन्याय पनि हो । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर भाँडिएको निकै लामो समय बिते पनि अहिलेसम्म कारोबार रोक्का राखिएको छ । यसबाट लाखौं लगानीकर्ता मर्कामा परेका छन् । अहिले बीमा संस्थानले बीमा कम्पनीहरूलाई मर्जरमा जान बाध्य पार्ने गरी चुक्ता पूँजीवृद्धि गर्न निर्देशन दिएको छ । यस्तो निर्देशनसँगै मर्जरमा जान केही कम्पनीहरूले सम्झौता गरेका छन् र तिनीहरूको कारोबार रोक्का गरिएको छ । राष्ट्र बैंकले बनाएकै निर्देशनलाई बीमा समिति र विद्युत् नियमन आयोगले पनि पछ्याएका छन्, जसले गर्दा मर्जरमा जाने कम्पनीहरूको एकीकृत कारोबार भएको सूचना नदिएसम्मका लागि शेयर किनबेच रोक्ने गरिएको छ । यसरी कम्पनीहरू मर्जरमा जाँदा महीनौं आफ्नो सम्पत्ति बन्धकमा पर्ने भएपछि आत्तिएर शेयर बेच्दा बीमा कम्पनीहरूको शेयर मूल्य निकै घटेको छ । शेयरबजार सुधारका लागि निकै काम भएका छन् । प्रविधिको प्रयोग भएर अनलाइनमै सबै कारोबार सम्पन्न हुन थालेको छ । तर, लगानीकर्तालाई मारमा पार्ने अनावश्यक नीतिमा अझै सुधार हुन बाँकी छ । यस्तो सुधार गर्नुपर्ने एउटा विषय मर्जर तथा प्राप्तिमा गएका कम्पनीको शेयर कारोबार चाँडो खुलाउनु एक हो । सम्पत्ति र दायित्वको मूल्यांकन गरी स्वाप रेसियो तय भइसकेका कम्पनीको हकमा कारोबार रोकेर राख्नै पर्दैन । यो कुरा थाहा पाएर पनि कारोबार खुलाउन काम नगर्नु सरोकारवालाहरूको गैरजिम्मेवारी नै हो । अत: मर्जर र प्राप्तिमा स्वाप रेसियो तय भइसकेपछि कारोबार खुलाइहाल्नुपर्छ । यसका लागि सरोकारवाला निकायले एकले अर्कोलाई देखाउनु भन्दा जसको जे दायित्व र अधिकारक्षेत्र भित्र पर्छ सोहीअनुसार काम गर्न ढिला गर्नु हुँदैन ।

किन खुलेन नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको शेयर कारोबार ?

फागुन ११, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीचको मर्जर सम्बन्धी सम्झौता अस्वीकृति भएपनि दुबै बैंकको शेयर कारोबार भने रोक्का छ । दुबै बैंकले मर्जर प्रस्तावलाई स्वीकृति नदिने निर्णय गरिसकेपनि पनि शेयर कारोबार भने रोक्कानै रहेको हो । हिमालयन बैंकको पुस ३० गतेको वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव अस्वीकृत गरेको थियो ।  यी दुई बैंकबीच एक बराबर एक शेयर आदानप्रदान गर्ने सहमति अनुसार मर्जरमा जाने सम्झौता भएको थियो । तर, हिमालयन बैंकको वार्षिक साधारण सभामा मर्जरको पक्षमा ४३ दशमलव ६३ प्रतिशत मात्र मत प्राप्त भएको थियो । सभाका लागि तय गरिएको विशेष प्रस्तावमा उल्लेखित मर्जर सम्बन्धमा उपस्थित शेयरधनीहरुमध्य ७५ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरुले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव सभाद्वारा स्वीकृत हुने व्यवस्था थियो । यसर्थ हिमालयन बैंकको वार्षिक साधारण सभामा मर्जर पक्षमा आवश्यक ७५ प्रतिशत मत नपुगेका कारण उक्त प्रस्ताव अस्वीकृत भएको थियो ।  हिमालयन बैंकले मर्जर प्रस्ताव सभाबाट अस्वीकृत गरेसँगै नेपाल इन्भेष्टमेन्ट बैंकले पनि मर्जर प्रस्ताव पारितका लागि माघ ४ गते बोलाएको विशेष साधारण सभा समेत रद्द गरेको थियो । मर्जर प्रयोजनका लागि २०७८ साल बैशाख ३१ गतेदेखि दुबै बैंकको शेयर कारोबार रोक्का रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रबक्ता मुराहरी पराजुलीले दुबै बैंकले मर्जर प्रस्ताव अस्वीकृत गरेको समाचार आएपनि सम्बन्धित बैंकबाट लिखित जानकारी नआएकाले कारोबार रोक्कानै रहेको बताए ।  लगानीकर्ताले भने लामो समय आफ्नो सम्पत्ति बन्धक बनाएकोमा आक्रोस व्यक्त गरेका छन् । लगानीकर्ता डम्बरु बल्लब घिमिरेले लामो समयपछि मर्जर प्रस्ताव अस्वीकृत गर्नु बैंकहरुको गैरजिम्मेवारी पन भएको उल्लेख गरे । मर्जरको नाममा लामो समय शेयर बन्धक बनाउनु लगानीकर्ताहरुको हक बन्चित गर्नु भएको भन्दै उनले आगामी दिनमा यस्ता प्रयोजनका लागि शेयर कारोबार रोक्का राख्दा सम्बन्धीत निकायले निश्चित समयभित्र प्रकृया पुरा गर्नुपर्ने व्यवस्था थप गर्न उनले सुझाब दिएका छन् । कारोबार रोक्काका सम्बन्धमा थप स्पष्ट व्यवस्था नभए नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको जस्तो आगामी दिनमा अन्य बैंकहरुको सम्पत्ति पनि लामो समयसम्म बन्धक बन्नेसक्ने सम्भावनालाई उनले औल्याएका छन् । उता, हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले मर्जर अस्वीकृति प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने तयारी भैरहेको जानकारी दिए । लगानीकर्ताहरुकै इच्छाअनुसार डिमर्जरमा जान लागेको जानकारी दिदैं उनले लामो समय सदस्यहरुको सम्पत्ति बन्धक बनाउने बैंकको उदेश्य नभएको प्रष्ट पारे । राष्ट्र बैंकले डिमर्जरको प्रस्तालाई स्वीकृत दिएपछि मात्र दोस्रो बजारमा हाल रोक्का रहेको दुबै बैंकको शेयर कारोबार फुकुवा प्रकृया अघि बढ्ने जानकारी समेत उनले दिए ।

मर्जर सहमति गरेका इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको शेयर कारोबार रोक्का

काठमाडौँ / हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरिएको छ । एक आपसमा गाभ्ने/गाभिने (मर्जर)सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर पश्चात बैशाख