अपराध महाशाखाको टोली आइतबार अपराह्न १ बजे सानो भर्याङस्थित एक घरमा पुग्यो । जुनियर प्रहरी अधिकृत मात्रै होइन, अपराध महाशाखाको कमान्ड सम्हालेका एसएसपी चन्द्र कुबेर खापुङ आफै फिल्डमा खटिएका थिए ।कारण थियो, ‘विदेशबाटै डेट एक्सपायर (म्याद गुज्रिएका) सामान ल्याएर नेपालका डिपार्टमेन्ट स्टोरमा बेच्ने गरेको’ सूचना महाशाखालाई आएको थियो । त्यही सूचनाको आधारमा केही दिन ‘रेकी’ गरेपछि महाशाखाको टोली आइतबार रेड गर्ने उद्धेश्य स्वरुप सानो भर्याङ पुगेको थियो ।.g