चीनसँगको व्यापार खस्किँदै

विज्ञ भन्छन्– कूटनीतिक प्रयास प्रभावकारी भएनदक्षिणी छिमेकी भारतसँग नेपालको व्यापार बढ्दै गए पनि उत्तरी छिमेकी मुलुक चीनसँगको व्यापार भने घट्दै गएको छ ।चीनसँग आयात–निर्यात हुने नाका नियमति रुपमा खुला नहुँदा व्यापार क्रमिक रुपमा ऋणात्मक हुँदै गएको हो । कोरोना महामारीको असर ले रसुवाको केरुङ नाका लामो समयदेखि बन्द भएर हालै खुला भएको छ । सिन्धुपाल्चोकको […]

सम्बन्धित सामग्री

‘संविधान दिवसको औचित्य छैन’

संविधान सभाबाट नेपालको संविधान २०७२, जारी भएपछि देशमा संक्रमणकालको अन्त्यसँगै राजनीतिक स्थिरता एवं तीव्र विकास हुने अपेक्षा गरिएको थियो। तर विडम्बना आज देश क्रमश संकटग्रस्त बन्दै गएको छ। देशको अर्थतन्त्र धराशायी हुँदैछ। व्यापार व्यवसाय चौपट छ। बेरोजगारी चरम सीमामा छ। दिनदिनै हजारौं युवाहरू देश छोडेर विदेश गइरहेका छन्। शिक्षा र स्वास्थ्यको स्तर झनझन् खस्किँदै गइरहेको […]

नेपाल–बंगलादेश व्यापार: आयात बढेको बढ्यै निर्यात घट्दो ट्रेन्डमा

काठमाडौं/वीरगञ्ज । द्विपक्षीय व्यापार हुने अधिकांश मुलुकसँग जस्तै बंगलादेशसँगको व्यापारमा पनि नेपाल घाटामा छ । कुनै समय १ अर्ब रुपैयाँभन्दा बढी मूल्यको वस्तु बंगलादेश निर्यात गरेको नेपालले अहिले निर्यात रकम आधा अर्ब रुपैयाँ पनि पुर्‍याउन सकेको छैन । नेपाल–बंगलादेश व्यापारको १ दशकको तथ्यांक हेर्दा नेपालको निकासी खुम्चिँदो ट्रेन्डमा रहेको र उताबाट आयात बढिरहेको देखिन्छ । कतिपय वर्षमा घाटा कम भए पनि निर्यात बढेर नभई आयात नै कम भएर त्यस्तो देखिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरू द्विपक्षीय व्यापारमा दशकअघिसम्म नेपालले आयात कम र निर्यात बढी गर्ने गरेको बताउँछन् । पछिल्लो १ दशकमा अवस्था उल्टिएको छ ।  अर्बभन्दा माथि पुगिसकेको निकासी करोडमा झरेको छ । चालू आर्थिक वर्ष (आव) २०७९/८० को जेठसम्ममा नेपालले बंगलादेशमा ४४ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ । यो अवधिमा उताबाट आयात ५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष २०७८/७९ मा नेपालले बंगलादेशबाट पछिल्लो दशककै सबैभन्दा बढी आयात गरेको छ । त्यस वर्ष ११ अर्ब २० करोड रुपैयाँको वस्तु नेपालले बंगलादेशबाट आयात गरेको छ । निकासी ७२ करोड रुपैयाँमा सीमित छ । नेपाल र बंगलादेशबीच व्यापारको पछिल्लो २३ वर्षको तथ्यांक हेर्दा शुरूका ८ वर्ष नेपालको निकासी उत्साहजनक रहेको देखिन्छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रकाअनुसार आव २०५५/५६ मा नेपालबाट १३ करोड रुपैयाँ बराबरको वस्तु निकासी भएको थियो । त्यसताका बंगलादेशबाट रासायनिक मल, जुट, ब्याट्री, प्लास्टिकका सामग्री, मेशिनरी तथा पार्टस् र औषधि प्रमुख रूपमा आयात भएको देखिन्छ । पछिल्लो आँकडाअनुसार बंगलादेशबाट हुने आयातमा कृषिजन्य वस्तुको अंश ६७ प्रतिशत छ ।  बंगलादेशसँगको व्यापार सम्भावनाको उपयोगमा सरकारी उदासीनताका कारण निर्यात बढ्न नसकेको निर्यातकर्ताको बुझाइ छ । शुरूका दिनमा निकासी उत्साहजनक रहे पनि पछिल्लो समयमा यो खस्किँदै गएको चाचान समूहका अध्यक्ष बाबुलाल चाचान बताउँछन् । यो समूहले नेपालबाट मुसुरोको दाल निकासी गर्दै आएको छ । नेपालबाट बंगलादेश निकासी हुने वस्तुमा मुख्य अंश मुसुरो दालको हुन्छ । विगतमा नेपालबाट माल्ट, टायर, शिशु आहार, मुलाको बीउ, प्याज, र सुन्तलाजस्ता उत्पादन निकासी हुने गरे पनि अहिले ती वस्तुको निकासी नगन्य रहेको व्यापारी बताउँछन् । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानी नेपालले बंगलादेशको बजारबाट लाभ लिन सक्ने सम्भावना भए पनि सरकारले प्रवर्द्धनको नीति नलिँदा समस्या भएको बताउँछन् ।  ‘नेपालबाट निर्यात हुने कतिपय वस्तुमा बंगलादेशले भारतबाट निकासी हुने उस्तै वस्तुको तुलनामा बढी कर लिइरहेको छ,’ उनले भने, ‘द्विपक्षीय व्यापारका यीलगायत अन्य समस्या हल गर्नेतर्फ हाम्रो सरकार उदासीन छ ।’ यसो गरे बढ्छ निकासी      नेपाली वस्तुमा लाग्ने भन्सार महशुल कटौती      द्विपक्षीय व्यापार सम्झौतामा सुधार      निकासी गर्ने नयाँ वस्तु पहिचान नेपाल र बंगलादेशको भू–अवस्थिति पनि निकासी व्यापारमा समस्याको कारण मानिएको छ । अधिकांश वस्तु नेपालको पूर्वी नाकाबाट भारतको फूलबारी, बंगलादेशको चटगाउँ बन्दरगाह हुँदै जान्छ । उक्त बाटोबाट सामान बोकेर गएका ढुवानीका साधन भन्सार प्रक्रियाका लागि सिमानामा ४/५ दिनसम्म पर्खिनुपर्ने अवस्था रहेकाले खर्च बढी परेको व्यापारी बताउँछन् । एक समय राम्रै अंश ओगटेको मुसुरोको दाल निकासी पनि अहिले घटेको चाचान बताउँछन् । ‘सरकारले निकासी प्रवर्द्धन लागि लिएको नीतिको कार्यान्वयन अव्यावहारिक हुँदा निर्यात बढ्न सकेको छैन । अनुदानको प्राप्ति अति झन्झटिलो छ,’ उनले भने ।  साउथ एशिया वाच अन ट्रेन्ड, इकोनोमिक्स एन्ड इन्भाइरोमेन्ट (सावती)ले उपलब्ध गराएको तथ्यांकअनुसार द्विपक्षीय व्यापारको २३ वर्षमा ८ वर्ष नेपालबाट हुने निर्यात उताबाट हुने आयातको तुलनामा बढी देखिन्छ । आव २०६१/६२ देखि २०६९/७० सम्म नेपालले आयातभन्दा बढी निर्यात गरेको तथ्यांक छ । त्यसयता नेपालबाट निर्यात कम र उताबाट आयात निरन्तर  बढेको देखिन्छ ।  सावतीका वरिष्ठ अनुसन्धान अधिकृत क्षितिज दाहाल द्विपक्षीय व्यापारमा भन्सार महशुल नै बाधक भएको बताउँछन् । नेपालबाट निकासी हुने कतिपय वस्तुमा बंगलादेशमा शतप्रतिशतसम्म कर लाग्छ । ‘नेपाली सीमाबाट ३० किलोमिटर दूरीमा रहेको बंगलादेश अहिले प्रतिव्यक्ति आम्दानी उच्च बनाउँदै आर्थिक गतिविधि र मागका आधारमा ठूलो बजार सम्भावना भएको देशको रूपमा उदाएको छ,’ दाहालले भने, ‘तर, यो व्यापक सम्भावनाबाट नेपालले लाभ लिन सकेको छैन ।’ नेपालबाट नजिकको बजार पहुँच, बहुपक्षीय रूपमा भएको मुक्त व्यापार सम्झौता (फ्री ट्रेड एग्रिमेन्ट), लामो समयदेखि दुई देशबीच हुँदै आएको आपसी सहकार्यलगायत कारण नेपाल–बंगलादेश व्यापारमा सम्भावना उच्च रहेको  उनले बताए । यसका लागि भन्सार महशुललगायत व्यापार सम्झौतामा सुधारको खाँचो उनले औंल्याए । नेपालले निर्यात गर्दै आएका वस्तुमा पुनरवलोकन र थप नयाँ वस्तुको पहिचान गर्न आवश्यक रहेको उनको भनाइ छ । झन्झटिलो कागजी प्रक्रिया र भुक्तानीको समस्याले निर्यातमा बाधा गरिरहेको दाहाल बताउँछन् ।  नेपालले बंगलादेश निर्यात गर्ने वस्तुमा ८० प्रतिशतभन्दा बढी मुसुरोको दाल छ । दोस्रोमा पीना पर्छ । यसैगरी एनिमल प्रडक्टहरू, पर्फ्युम, जडीबुटी, अदुवा (सुठो), अम्रिसोलगायत वस्तु निर्यात हुन्छ ।  मन्त्रालयका एक अधिकारीले नेपालबाट बंगलादेशमा निकासी बढाउन केही सुधारको प्रयास गरिएको जानकारी दिए । ‘निर्यात बढाउने उद्देश्यले अहिले मन्त्रालयले बंगलादेश देशसँग सौविध्यपूर्ण व्यापार सम्झौता (पीटीए) का लागि प्रक्रिया अघि बढाएको छ,’ ती अधिकारीले भने, ‘यसमा ४/५ ओटा प्रावधान राखिनेछ, जसबाट नेपालले निर्यात बढाउन सकोस् ।’ उनका अनुसार नेपालबाट निर्यात वस्तुमा भन्सार शुल्क शून्य राख्नेलगायत प्रावधान पीटीएमा हुने उनको भनाइ छ ।

बुटवलको मुख्य बजारमा पार्किङकै समस्या

बुटवल। बुटवलको मुख्य बजारमा पार्किङको समस्याका कारण व्यापार व्यवसाय खस्किँदै गएको छ। बुटवल उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र अमरपथ, विपीचोक, राममन्दिर लाइन (रामपथ), सङ्गमपथ, जेसिसचोक, हाटबजार लाइनलगायतका बजार क्षेत्रमा सवारीसाधन पार्किङ गर्ने स्थानको अभाव छ।

दसैँ बजारमा उपभोक्ताको स्वास्थ्यमा ध्यान दिन आग्रह

बुटवलमा दसैँ सस्तो बजार सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा सोमबारदेखि संघको सचिवालय परिषद वालमन्दिरमा दसैँ सस्तो बजार सञ्चालन गरिएको हो । पाँच दिनसम्म सञ्चालन गरिने दसैँ सस्तो बजारको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । त्यस अवसरमा बोल्दै उनले दसैँ सस्तो बजारका माध्यमबाट खस्किँदै गएको बुटवलको व्यापार प्रवर्द्धन गर्नुको साथै बजारलाई गुल्जार बनाउने विश्वास व्यक्त गरे । कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उपभोक्ताको हितको लाग

मुख्य कृषिजन्य उत्पादन अलैँचीको निर्यात खस्किँदै

नेपालमा उत्पादित कृषिजन्य वस्तुको निकासीमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने अलैँचीको निर्यात पछिल्ला वर्षहरुमा भने खस्कन थालेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ३१.४६ प्रतिशतले घटेको अलैँचीको निकासी चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो महिना साउनमा पनि ३५.८९ प्रतिशतले गिरावट आएको छ ।व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार गत आर्थिक वर्षको सुरुवातदेखि नै अलैँचीको निकासी […]

बेनीको बजार बढ्यो तर व्यापार खस्कियो

कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिला छन् । विसं २०५० मा पर्वतको धादिङबाट बसाइँ सराइ गरेर आएका केसी पछिल्लो समय बेनीमा खुद्रा व्यापार खस्किँदै गएको अनुभव सुनाउँछन् । “बेनीमा केही सरकारी अड्डा र थोरै मात्र घर थिए । अहिले घरैघरले भरिएको ठाउँ उ बेला बारी, झाडी र चरन क्षेत्र थियो”, उनले विगत  सम्झिए, “बिहानैदेखि पसलमा ग्राहकको लस्कर लाग्दथ्यो । उनीहरुलाई सामान दिँदादिँदै बिहानको खाना खाने फु

डलरको तुलनामा खस्किँदै भारु, अहिलेसम्मकै तल्लो स्तरमा पुग्यो

मुद्रा बजारमा बिहीबार अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ खस्केर अहिलेसम्मकै तल्लो स्तरमा पुगेको छ । हाल एक अमेरिकी डलर बराबर ८०.०६ भारु रहेको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार तेलको आयात र कच्चा तेलमा स्थिरता कायम रहँदा डलरको माग बढिरहेको हो । मुद्रा बजारका कारोबारीका अनुसार पछिल्लो समय कच्चा तेलको मूल्यमा वृद्धि भएको कारण डलरको तुलनामा भारुको  मूल्य ८० को आसपास रहेको छ । अर्को तर्फ व्यापार घाटा बढ्दै गर्दा लगानीकर्ताहरूमा चिन्ता बढिरहेको छ ।

फागुनमा तेह्र अर्बले बढ्यो आयात

पछिल्ला महिना घट्दो क्रममा रहेको आयात फागुनमा भने उकालो लागेको छ । भन्सार विभागका अनुसार फागुनमा करिब १३ अर्ब रुपियाँले आयात बढेको छ । माघमा एक खर्ब २६ अर्ब ४९ करोड रुपियाँको वस्तु आयात भएकामा फागुनमा एक खर्ब ३९ अर्ब २२ करोड रुपियाँको आयात भएको विभागको तथ्याङ्क छ । विदेशी मुद्राको सञ्चिति खस्किँदै गएपछि गत वैशाखदेखि सरकारले विभिन्न १० वटा वस्तुको आयातमा लगाएको प्रतिबन्धका कारण आयात व्यापार घट्दो क्रममा थियो । विदेशी मुद्राको सञ्चितिमा सुधार भएपछि पुसदेखि प्रतिबन्ध फुकुवा गरिएकामा त्यसको दुई महिनापछि आयात बढेको हो ।

खस्किँदै अर्थतन्त्र

भूकम्प र नाकाबन्दीपछि गत वर्ष केही तंग्रिएको अर्थतन्त्रका मुख्य सूचक फेरि धमिलिएका छन् । बाढीपहिरोका कारण कृषि उपजमा परेको प्रभावसँगै रेमिट्यान्स आप्रवाहमा सुधार नहुनु, उच्च व्यापार घाटा, ऋणात्मक भुक्तानी सन्तुलन, बढदो रकमान्तर र लक्ष्यभन्दा न्यून राजस्वका कारण समग्र अर्थतन्त्र खस्किँदै गएको हो ।

फेरि खस्किन थाल्यो अर्थतन्त्र

काठमाडौं : भूकम्प र नाकाबन्दीपछि गत वर्ष केही तंग्रिएको अर्थतनत्रका मुख्य सूचक फेरि धमिलिएका छन्। बाढीपहिरोका कारण कृषि उपजमा परेको प्रभावसँगै रेमिट्यान्स आप्रवाहमा सुधार नहुनु, उच्च व्यापार घाटा, ऋणात्मक भुक्तानी सन्तुलन, बढ्दो रकमान्तर र लक्ष्यभन्दा न्यून राजस्वका कारण समग्र अर्थतन्त्र खस्किँदै गएको हो। साउनदेखि सुरु आर्थिक व...