सुर्खेत : धामी, झाँक्री, सामाजिक अभियन्ताले जातीय छुवाछुत अन्त्यका लागि पहल गर्ने बताएका छन्।भेरी नगरपालिकाका सबै वडाबाट सदरमुकाम आएका धामी, झाँक्रीले जातीय विभेद नगर्ने र गरेको थाहा पाए सचेतना जगाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष निरौलाले बताए। भेरी नगरपालिकाको जातीय विभेद अन्त्य गर्ने भन्दै विभिन्न कार्यक्रम जारी राखेका वेला प्रहरीले समेत यसमा विशेष चासो देखाएको छ।भेरी नगरपालिकाका उपप्रमुख सीता जैसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सह