दलित समुदायकी बालिका माथि जातीय विभेद गरेको तथा शरीर बन्धक बनाउने दम्पतीलाई जिल्ला अदालत रामेछापले जेल सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश इन्दिरा शर्माको इजलासले शुक्रवार जातीय विभेद तथा शरीर बन्धक बनाएको मुद्दामा दोषी ठहर गर्दै जरिवाना र कैद सजाय सुनाएको हो ।जिल्ला अदालत रामेछापले शरीर बन्धक र जातीय विभेद मुद्दामा मन्थली नगरपालिका ६ भलुवाजोरका ६३ वर्षीय शेर बहादुर नगरकोटी र उनीकी धर्मपत्नी बाल कुमारी श्रेष्ठलाई नगद जरिवानासँगै कैद सजाय फैसला भएको जिल्ला अदालत रामेछापका श्रेतेदार राम प्रस