सांसद तथा जिल्ला अध्यक्ष थापाले छाडे एमाले

नेकपा एमाले कैलाली जिल्ला अध्यक्ष तथा प्रदेश सांसद रतन थापा एमाले परित्याग गरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।  थापासहित पूर्व सांसद हिमाञ्चल भट्टराई र कैया चौधरीसहितका एमाले नेता कार्यकर्ता एमाले परित्याग गर्दै नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् । उन्मुक्ती पार्टीले बिहीबार काठमाडौमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई उन्मुक्ती पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी प्रवेश गराएकी हुन् ।

सम्बन्धित सामग्री

गण्डकीमा समानुपातिक सांसद चयनले एमालेभित्र असन्तुष्टि, बालकोटमा डेलिगेसन

खस आर्यको बाहुल्य हुँदाहुँदै आदिवासी जनजाति क्लष्टरका प्रेमबहादुर गुरुङलाई छुटाएपछि असन्तुष्टि बढेको हो । एमाले गोरखा जिल्ला अध्यक्ष गुरुङ आदिवासी जनजाति क्लष्टरको दोस्रो नम्बरमा थिए ।

सांसद रत्न थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

कैलाली । नेकपा एमाले कैलाली जिल्ला अध्यक्ष तथा प्रदेश सांसद रत्न थापा एमाले परित्याग गरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएकाे छ । थापासहित पूर्वसांसद हिमाञ्चल भट्टराई र कैया चौधरीसहितका एमाले नेता तथा कार्यकर्ता एमाले परित्याग गरि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् । उन्मुक्ति पार्टीले बिहिबार काठमाडौंमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई उन्मुक्ती पार्टीका […]

अनेरास्ववियू बैतडीको अध्यक्षमा साउद

बैतडी : अनेरास्ववियू बैतडीको अध्यक्षमा नरेन्द्र साउद सर्वसम्मत चयन भएका छन्।सदरमुकाममा सम्पन्न भएको अनेरास्ववियुको १२ औं जिल्ला अधिवेशनले साउदको अध्यक्षतामा ३९ सदस्यीय नयाँ कमिटी गठन गरेको हो। कमिटीको उपाध्यक्षमा रामसिंह माल, सचिवमा प्रेमसिंह कार्की, कोषाध्यक्षमा हेमन्ती बोहरा  र सहसचिवमा महादेव तिवारी र सञ्जु भण्डारी लगायतका सदस्य चयन भएका छन्। अधिवेशन उद्घाटनमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा बैतडीबाट संघिय सांसद दामोदर भण्डारी, एमाले जिल्ला अध्यक्ष सुरेन्द्र पाल

एमालेले भरतपुर महानगरपालिकाको मेयरमा सुवेदीलाई उम्मेदवार बनाउने

चितवन – भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेले विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ । भरतपुर महानगर कमिटीले सुवेदीको एकल नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।महानगर कमिटीको आज आइतवारकाे बैठकमा एमाले पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीको प्रस्ताव र सांसद एवम् एमाले नेता कृष्णभक्त पोखरेलको समर्थनमा सुवेदीको नाम सर्वसम्मत सिफारिस भएको एमाले भरतपुर महानगर कमिटी अध्यक्ष शङ्कर थपलिया जानकारी दिनुभयो ।एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले महानगरबाट एउटा मात्रै नाम सिफारिस भएकाले त्यही नाम...

एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैरे निर्वाचित

पोखरा– नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैरे निर्वाचित भएका छन् । आठौँ जिल्ला अधिवेशनबाट गैह्रेको अध्यक्षतामा नयाँ कमिटी बनेको हो । निकटतम प्रतिस्पर्धी नारायणप्रसाद मरासिनीलाई पराजित गरी गैरे एमालेको जिल्ला अध्यक्ष बने । फागुन २३ को सर्वोच्चको फैसलासँगै माओवादी केन्द्रबाट एमाले छिरेका गैरे अध्यक्ष निर्वाचित हुँदा पराजित भएका मरासिनी प्रतिनिधिसभा सांसद हुन् । गैरेले ४ […]

एमाले तेह्रथुम अध्यक्षमा दुई प्रदेश सांसद भिड्दै

नेकपा (एमाले) तेह्रथुमको अध्यक्षमा दुई प्रदेश सांसदबीच प्रतिस्पर्धा हुने भएको छ । प्रदेश सांसदहरू लक्ष्मण तिवारी र तेजमान कन्दङवाले उम्मेदवारी घोषणा गरेका छन् ।  ६ वटा पालिका रहेको तेह्रथुममा प्रतिनिधि भने सर्वसम्मत चयन भएका छन् । तिवारी बहालवाला अध्यक्ष हुन् भने कन्दङवा पूर्व अध्यक्ष हुन् ।  तिवारी १० बुँदे सहमतिमार्फत् एमालेमा बसेका थिए भने कन्दङवा शेरधन राईलाई संसदीय दलको नेतामा समर्थन गर्दै केपी ओली समूहमा प्रवेश गरेका थिए । उनी जिल्ला अध्यक्ष हुँदा तिवारी सचिव थिए । तिवारी नेता योगेश भट्टराई निकटका हुन् ।&nb...

एमाले नेता रायमाझी एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं :  नेकपा एमाले पाल्पाका पूर्व-जिल्ला अध्यक्ष एवं पूर्व-सांसद यादवबहादुर रायमाझी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्यसमेत रहेका रायमाझीले आइतबार पत्रकार सम्मेलन गरेर एमाले जिल्ला कमिटी सदस्यहरू धनबहादुर रायमाझी, देवीप्रसाद पौडेल, झलक रायमाझी, महेश बरालसहितका नेताहरु एकीकृत समाजवादीमा प्रवेश गरेका हुुन्। नेता रायमाझीले नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि विधानअनुसार सञ्चालन नगरी कम्युनिष्ट आचारणविपरीत सञ

पाल्पामा पूर्वसांसद रायमाझी एकीकृत समाजवादीमा प्रवेश

नेकपा एमाले पाल्पाका पूर्व जिल्ला अध्यक्ष एवं पूर्व सांसद यादवबहादुर रायमाझी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । रायमाझीले शनिबार तानसेनमा पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि विधान र कम्युनिष्ट आचरणविपरीत अधिनायकवादी सोचअनुसार सञ्चालन गरेकाले एकीकृत समाजवादी रोजेको बताए ।विगतदेखि नै पार्टीमा चरम विकृति र विसङ्गति बढेको र त्यसलाई सच्याउन प्रयास गरे पनि असफल भएको रायमाझीले उल्लेख गरे । रायमाझीले एकीकृत समाजवादीले दिने जिम्मेवारी इमान्दारीपूर्वक निभाउने बताएका छन

सुन्दर विश्वकर्माको अध्यक्षतामा एकीकृत समाजवादी बारा गठन

प्रदेश सांसद सुन्दर विश्वकर्माको अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बारा जिल्ला कमिटीको घोषणा भएको छ । बिहीबार कलैयामा भएको जिल्ला भेलाले प्रदेश सांसद सुन्दर विश्वकर्माको अध्यक्षतामा २५१ सदस्यीय जिल्ला कमिटीको घोषणा भएको हो ।अध्यक्ष विश्वकर्मा नेकपा एमाले बाराका जिल्ला अध्यक्ष समेत हुन् । एकीकृत समाजवादी बारा जिल्ला कमिटीको उपाध्यक्षमा उसमान अन्सरी र बिजेन्द्र चौधरी सचिवमा विक्रम ठाकुर र उपसचिवमा राजेन्द्र प्रसाद कलवारलाई चयन गरिएको छ । त्यस्तै जिल्ला कमिटी सदस्यहरूमा बतह