एमाले तेह्रथुम अध्यक्षमा दुई प्रदेश सांसद भिड्दै

नेकपा (एमाले) तेह्रथुमको अध्यक्षमा दुई प्रदेश सांसदबीच प्रतिस्पर्धा हुने भएको छ । प्रदेश सांसदहरू लक्ष्मण तिवारी र तेजमान कन्दङवाले उम्मेदवारी घोषणा गरेका छन् ।  ६ वटा पालिका रहेको तेह्रथुममा प्रतिनिधि भने सर्वसम्मत चयन भएका छन् । तिवारी बहालवाला अध्यक्ष हुन् भने कन्दङवा पूर्व अध्यक्ष हुन् ।  तिवारी १० बुँदे सहमतिमार्फत् एमालेमा बसेका थिए भने कन्दङवा शेरधन राईलाई संसदीय दलको नेतामा समर्थन गर्दै केपी ओली समूहमा प्रवेश गरेका थिए । उनी जिल्ला अध्यक्ष हुँदा तिवारी सचिव थिए । तिवारी नेता योगेश भट्टराई निकटका हुन् ।&nb...