एमालेको पकड क्षेत्र मानिएको दैलेखमा एमाले विभाजनको असर नराम्रोसँग देखिएको छ । पार्टी विभाजनपछि माधव नेपाल समूहका केही नेताहरु केपी ओली नेतृत्वको संस्थापन पक्षतिर मोडिए पनि नेकपा एकीकृत समाजवादी रोज्नेहरूको संख्या पनि उल्लेख्य देखिएको छ ।यसअघि माधव नेपाल गुटबाटै केन्द्रीय राजनीतिमा उदाएका विष्णु रिजाल अहिले केपी ओली नेतृत्वको एमालेमै खुलेर होमिएका छन् । यस्तै, दैलेखबाट प्रतिनिधिसभामा निर्वाचित सांसद राजबहादुर बुढा पनि एमालेमै छन् । तथापि, स्थानीय जनप्रतिनिधि र कार्यकर्ताहरु भने माधवकुमार ने