काठमाण्डाै - आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको २३ औं वार्षिक साधारण सभा आइतवार सम्पन्न भएको छ ।
कोरोना महामारीलाई मध्यनजर गर्दै लिमिटेडले जुमको माध्यमबाट साधारण सभा अनलाइन रुपमा सञ्चालन गरेको जनाएको हो ।
सभामा अध्यक्ष हेमराज ढकालले देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको भन्दै अहिले बीमा सम्बन्धमा जनमानसको सोचमा क्रमश परिवर्तन भइ रहेको बताउनु भयो । उहाँले आउँदो दिनमा नेपाली बीमा बजार अझै फराकिलो हुनेछ भन्ने विश्वास लिइएको बताउनु भयो ।
अहिले कुल बीमाको पहुँच २६ प्रतिशत रहेको छ भने समग्र बी...