नेपालमा गोल्यान समूहले आफ्नो व्यवसायको जग हालेको करिब ६० वर्ष भइसक्यो । टेक्सटायल (कपडा उद्योग) बाट व्यवसाय थालेको यो समूहको व्यवसाय जग रियलान्यस स्पिनिङ मिल्स हो । अहिले ऊर्जा, कृषि, बैंक/वित्त, घरजग्गा र आतिथ्यता (हस्पिटालिटी) क्षेत्रसम्म गोल्यान समूहले लगानी विस्तार गरिसकेको छ । सोहनलाल गोल्यानले जग हालेको गोल्यान समूहलाई पवन गोल्यानले साम्राज्यका रूपमा विस्तार गरेका हुन् । उनका छोरा अक्षय गोल्यानले हाल प्रबन्ध निर्देशकको भूमिकामा रहेर समूहलाई अघि बढाउँदैछन् । गोल्यान समूहको श्रीवृद्धि ज