५१ औं वर्षमा कुदिरहेको नेपालकै प्रतिष्ठित एवं स्थापित औद्योगिक घराना 'गोल्यान समूह'को नेतृत्व तेस्रो पुस्ताको काँधमा पुगेको छ ।
सोहनलाल गोल्यानले सन् १९७० मा कपडा उद्योग स्थापना गरी शुरू गरेको गोल्यान समूहलाई दोस्रो पुस्तामा उनका छोरा पवन गोल्यानले अगाडि बढाए ।
‘बाबुको लिगेसी’लाई अझ मजवूत बनाउँदै अगाडि बढेका पवनले अहिले आएर छोरा अक्षयलाई पनि सँगसँगै डोहोर्याएका छन् ।
अक्षयले गोल्यान समूहमार्फत व्यावसायिक यात्रा अगाडि बढाएको ५ वर्ष भयो । पवनले अक्षयलाई ‘लिगेसी’ मात्...