काठमाडौं :उदाहरण १ : वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी शनिबार नेकपा (एमाले) प्रवेश गरे। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका र माला लगाएर पार्टीमा भित्र्याए। सरावगी २०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट मेयर निर्वाचित भएका थिए। उनी हाल जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय समस्य समेत थिए। व्यापारिक पृष्ठभूमिका मेयर सरावगी कांग्रेस प्रवेश गर्न चाहन्थे। तर, उनी आगामी निर्वाचनमा ‘टिकट’कै लोभमा एमालेतिर मोडिए। फेरि मेयर बन्ने अथव