काठमाडौँ : राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद देवेन्द्र दाहालले सरकारले प्रतुत गरेको आगामी आर्थिक वर्ष २०८१।०८२ को सिद्धान्त र प्राथमिकतामा नयाँ कार्यक्रम नभएको बताएका छन्।बिहीवारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले ल्याएको सिद्धान्त र प्राथमिकता गत वर्षको कपी पेस्ट जस्तो मात्र लाग्ने बताए। उनले सिद्धान्त र प्राथमिकतामा नयाँ भिजनका केही पनि कार्यक्रम नभएको बताए। उनले देशको समृद्धि सम्बन्धित व्यवस्थित योजना नरहेको, अर्थतन्त्रका आजका समस्या र समग्र