बरालिएको राजनीति नसुध्रिँदा पीडा भएको छ : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिरता र विकासको जनचाहनामा केही नेताहरूका अतृप्त आकांक्षा, कुण्ठा र ईर्ष्याका कारण अराजकता सिर्जना भएको बताएका छन्। मे दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले गत सालदेखि बरालिएको राजनीति नसुध्रिँदा आफूलाई पीडा भएको बताए। "केन्द्र, प्रदेश र स्थानीय तहसम्म प्रतिगमनको बनावटी प्रचारले सरकारप्रति भ्रम सिर्जना गर्ने र जनमानसमा नेता र पार्टीप्रति वितृष्णा बढाउँदै छ," प्रधानमन्त्रीले भने।

सम्बन्धित सामग्री

हेलम्बु र मेलम्ची क्षेत्रको पुनर्निर्माणमा ढिलासुस्ती हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हेलम्बु र मेलम्चीको बाढीग्रस्त क्षेत्रको निरीक्षण गरेर विपत्तिमा कसैलाई पनि राजनीति नगर्न आग्रह गरेका छन्। बाढीग्रस्त क्षेत्रको निरीक्षणको क्रममा प्रधानमन्त्रीले भने, 'तपाईंहरूको साथमा सरकार छ। यस्तो बेलामा कसैले पनि राजनीति नगरौँ। पीडितहरूको व्यवस्थापनमा जुटौँ।' प्रधानमन्त्री ओलीले बाढीपीडितको दीर्घकालीन व्यवस्थापनमा सरकार गम्भीर भएको बताए। पीडितको निजी आवास निर्माणको लागि पाँच लाख रकम उपलब्ध गराउने पनि प्रतिबद्धतासमेत जनाए। '

प्रधानमन्त्रीसँग भेटेपछि जसपा सरकारमा जाने पक्का, मन्त्री टुंगो लाग्न बाँकी

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने पक्का भएको छ।सोमबार प्रधानमन्त्री ओलीसँग अध्यक्ष ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोबीचको भेटवार्तापछि सहमति बनेपछि सरकारमा जाने पक्का भएको हो। राजनीति तरलताका कारणले प्रधानमन्त्री ओली सरकार नै धरापमा परेको बेलामा अध्यक्ष ठाकुर पार्टी नै विभाजन गरेर सरकारमा जान लागेको हुन्।प्रधानमन्त्री ओलीसँग बालुवाटारमा आफ्नो माग मुद्दाका साथै सरकारमा जाने बिषयमा पनि छलफल भ

नयाँ सरकारः फेरि पनि एमालेभित्रकै राजनीति निर्णायक !

२७ वैशाख, काठमाडौं । प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । सोमबार अपरान्ह प्रधानमन्त्री ओली पदमुक्त भए लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी भन्दा दलको सरकार गठन गर्न आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले तीन दिनको समय दिएकाले अबको राजनीतिक कोर्स नयाँ […]

संसदमा प्रधानमन्त्री ओली– राजनीति के हो ?

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाको बैठकमा राजनीतिलाई स्वार्थको दुनो सोझ्याउने अस्त्रको रूपमा प्रयोग गरिएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले भने, ‘हामी राजनीतिलाई के बनाइरहेका छौँ आज ? राजनीतिलाई स्वार्थको...

विकासका लागि स्वस्थ राजनीति चाहिन्छ :प्रधानमन्त्री ओली

पोखरा-प्रधानमन्त्री केपी शर्मा ओलीले ७५३ वटै स्थानीय तहबाट विकासका काम अघि बढेको बताएका छन् । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको सोमबार पोखरा महानगरपालिका–३ नदीपुरमा शिलान्यास गर्दै उनले सङ्घीय सरकारले सात प्रदेशमार्फत र प्रदेश सरकारले ७५३ स्थानीय तहमार्फत विकासका प्रयासलाई अघि बढाउने बाटो लिएको बताए ।विकासका लागि स्वस्थ राजनीति र आर्थिक क्रियाकलाप, भ्रष्टाचारको न्यूनीकरण र अन्त्य, […]

विकास निर्माणको काममा राजनीति नगरौँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले विकास निर्माणको काम सबैको साझा भएकाले कसैले पनि राजनीति गर्न नहुने बताएका छन् । गण्डकी

परिस्थिति जस्तोसुकै आए पनि हाम्रो राजनीति सकिँदैन : प्रधानमन्त्री ओली

लोकतन्त्रलाई बलियो बनाउने आन्दोलन गर्ने आफ्नो आशय रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने ‘राजनीति, अर्थतन्त्र, सामाजिक पक्ष, संस्कृति सबै पक्षको आन्दोलन निरन्तर चलिरहन्छ भनेको हुँ। नारा जुलुस गर्ने, ढुङ्गा मुढा गर्ने आन्दोलन भनेको होइन।’

पहिचानको नाममा विष घोल्ने प्रयास भयो : प्रधानमन्त्री ओली

२५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिचानको राजनीति गर्नेहरूले जनतालाई भड्काउने काम गरेको बताएका छन् । नेपाली सेनाद्वारा आयोजित एकिकरण मार्ग कार्यक्रम बृहत सेमिनारको आइतबार समापन कार्यक्रममा बोल्दै ओलीले पहिचानको राजनीतिलाई अनुचित ढंगले उचालिएको बताए । ‘यहाँ अनेकताको विष घोल्ने प्रयास भइरहेको छ पहिचानको राजनीतिका नाउँमा’ ओलीले कार्यक्रममा भने, ‘पहिचानको राजनीतिलाई उकासेर अनुचित […]

तेहेर्‍याएर भन्छु वैशाख १७ र २७ नै चुनाव हुन्छ– प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले वैशाख १७ र २७ गते नै चुनाव हुने दाबी गरेका छन् ।  उनले प्रतिनिधि सभा विघटन गैर संवैधानिक भन्नेलाई संविधानको कोरा कुरा मात्र नगरेर राजनीति बुझ्न सुझाव दिए ।  कैलालीको धनगढीमा शुक्रवार आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले सरकारले चुनाव गर्नेमा आशंका नगर्न आग्रह गरेका हुन् ।  ‘कतिपयले ओलीले चुनाव गर्दैन भनेका छन्, दोहोर्‍याएर होइन तेहेर्‍याएर भन्न चाहन्छु वैशाख १७ र २७ गते नै चुनाव हुन्छ,’ ओलीले भने, ‘खराब तत्वलाई तलैबाट ठेग...