हेलम्बु र मेलम्ची क्षेत्रको पुनर्निर्माणमा ढिलासुस्ती हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हेलम्बु र मेलम्चीको बाढीग्रस्त क्षेत्रको निरीक्षण गरेर विपत्तिमा कसैलाई पनि राजनीति नगर्न आग्रह गरेका छन्। बाढीग्रस्त क्षेत्रको निरीक्षणको क्रममा प्रधानमन्त्रीले भने, 'तपाईंहरूको साथमा सरकार छ। यस्तो बेलामा कसैले पनि राजनीति नगरौँ। पीडितहरूको व्यवस्थापनमा जुटौँ।' प्रधानमन्त्री ओलीले बाढीपीडितको दीर्घकालीन व्यवस्थापनमा सरकार गम्भीर भएको बताए। पीडितको निजी आवास निर्माणको लागि पाँच लाख रकम उपलब्ध गराउने पनि प्रतिबद्धतासमेत जनाए। '

सम्बन्धित सामग्री

मेलम्चीमा प्रधानमन्त्री आए, ५० हजारको आश्वासन दिएर फर्किए (फोटो फिचर)

सिन्धुपाल्चोक/ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हेलम्बु र मेलम्ची बाढी पीडितलाई अस्थायी आवासको लागि ५० हजार उपलब्ध गराउने घोषणा गरेका छन्। पहिरोस्थलको निरीक्षण गर्दै तत्काल अस्थायी आवासका लागि १५ सय बण्डल जस्ता र प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन्। बाढी प्रभावित क्षेत्र मेलम्ची बजार र हेलम्बुको निरीक्षण गर्न शनिबार सिन्धुपाल्चोक प्रधानमन्त्री ओली पुगेका थिए। यही असार १ गते आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाका साथै सिन्धुपाल्चोकका मेलम्ची, हेलम्बुल