प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले वैशाख १७ र २७ गते नै चुनाव हुने दाबी गरेका छन् ।
उनले प्रतिनिधि सभा विघटन गैर संवैधानिक भन्नेलाई संविधानको कोरा कुरा मात्र नगरेर राजनीति बुझ्न सुझाव दिए ।
कैलालीको धनगढीमा शुक्रवार आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले सरकारले चुनाव गर्नेमा आशंका नगर्न आग्रह गरेका हुन् ।
‘कतिपयले ओलीले चुनाव गर्दैन भनेका छन्, दोहोर्याएर होइन तेहेर्याएर भन्न चाहन्छु वैशाख १७ र २७ गते नै चुनाव हुन्छ,’ ओलीले भने, ‘खराब तत्वलाई तलैबाट ठेग...