प्रविधिमय बन्दै अन्तुडाँडाका सामुदायिक होमस्टे

सामुदायिक ह‍ोमस्टेमा सूचीकृत संस्थाहरू अनलाइनबाटै बुक गराउन सामुदायिक  होमस्टे सञ्चालकहरू तयार भएका हुन् ।

सम्बन्धित सामग्री

अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे भिलेज घोषणा

पूर्वी नवलपरासीको कावासोती १५ मा रहेको बाघखोर गाउँलाई अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे भिलेज घोषणा भएको छ ।

मगर समुदायको सामुदायिक होमस्टे सञ्चालन

गोरखाको सहिदलखन गाउँपालिका–२ ढाँडबारीमा रहेका मगरसमुदायले मनकामना मगर सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका छन् ।

पर्यटकलाई आकर्षित गराउँदै दगामका ‘होमस्टे’

आफूहरूले घरबासलाई दगाम सामुदायिक होमस्टे नामाकरण गरेको जनाउँदै उनले विसं २०६५ स्याङ्जाको शिरुबारी गाउँ अवलोकनपछि दगाममा घरबास कार्यक्रम सुरुआत गरेको अनुभव सुनाए।...

होमस्टे महासंघ नेपालको महाधिवेशन चैतमा

होमस्टे (घरवास) महासंघ नेपालको महाधिवेशनको मिति तोकिएको छ । शुक्रबार नवलपरासीमा बसेको केन्द्रको बैठकले मुलुकको संघीय संरचनाअनुसार सबै तहको अधिवेशन र केन्द्रको महाधिवेशन गर्ने निर्णय गरेको हो । जसअनुसार आउने चैत्र ११, १२ र १३ गते, गाभर भ्याली सामुदायिक होमस्टे बाँकेमा महासंघको महाधिवेशन हुने छ । प्रदेश तहको अधिवेशन यहीँ फागुन २८ गते शनिबार ७ वटै प्रदेशमा हुनेछ । स्थानीय तहको अधिवेशन फागुन २१ गते शनिबार, दिउँसो १२ बजे देशभर हुने कोषाध्यक्ष सुरज बास्तोलाले जानकारी दिएका छन् । .groupT

कोरोना कहरले नछोएको अयरपानी होमस्टे : पाहुना आएका आयै

गाउँ टेक्ने बित्तिकै पाहुनाको स्वागतमा गाउँलेहरू हातमा फूलमाला लिएर बस्छन् । उनीहरूको मीठो आतिथ्य, सत्कार, रहनसहन र मनोरम दृश्यले यहाँ पुग्ने जोकोही पुलकित हुन्छन् । यो हो – अयरपानी सामुदायिक होमस्टे ।  फेदीखोला कास्की र स्याङ्जाको सीमा क्षेत्र हो । पोखराबाट पश्चिम दिशामा पर्ने फेदीखोला गाउँपालिका–१ मट्टिखानमा पर्दछ, अयरपानी गाउँ ।  शहरबजार कोरोना महामारीले आक्रान्त बन्दा यो गाउँ भने यतिखेर दिनहुँ पाहुनाको स्वागतमा व्यस्त छ ।  अयरपानी सामुदायिक होमस्टेका सचिव राजकुमार गुरुङ भन्छन्, &lsq...

पर्यटक पर्खँदै बाराका होमस्टे सञ्चालक

बारा : जिल्लाको उत्तरतर्फ चुरेको फेदीमै रहेको अम्लेखगञ्जको चकरी गाउँमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेश सरकारले सामुदायिक होमस्टे शुरू गर्‍यो।फापरको ढिँडो र लोकल कुखुराको मासुसँगै स्थानीय स्वादिलो परिकारसहित वन्यजन्तु अवलोकन गर्न पाइने पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रस्थित चकरी गाउँ अहिले पर्यटकको पखाईमा छ। होमस्टे शुरू भएको वर्ष दिनसम्म पनि आन्तरिक तथा वाह्य पर्यटक नआएपछि स्थानीयहरू उनीहरूलाई नै पर्खिरहेका छन्। पर्यटन प्रवर्द्धन गर्ने उद्

पर्यटक नआउँदा मुगुका सामुदायिक होमस्टे बन्द

पछिल्लो समयमा पर्यटकहरूलाई लक्षित गरी पर्यटक नआउँदा मुगुका सामुदायिक होमस्टे बन्दमाग्री गाउँमा बनाइएका लाखौं मूल्यका सामुदाय होमस्टे पनि हिजोआज बन्द भएको होमस्टे सञ्चालक पेमा कुन्साङ तामाङले बताएकी छन् । पर्यटकीय स्थलले भरिपूर्ण मुगु जिल्लाको पूर्वी क्षेत्रमा रहेका सामुदाय होमस्टे पर्यटक नआउँदा हिजोआज सुनसान (बन्द) रहेका छन् ।मुगु जिल्लाको पूर्वी क्षेत्र मुगमकामारोङ गाउँपालिका वडा नम्बर ८ […]

सातवटै प्रदेशका उत्कृष्ट होमस्टे सम्मानित

सुर्खेत । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले सातै प्रदेशका उतकृष्ट होमस्टेहरुलाई सम्मान गर्नुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा देशैभरीका होमस्टेकर्मीहरुको सहभागीतामा आयोजिते तेस्रो राष्ट्रिय होमस्टे कार्यशाला गोष्ठीमा होमस्टेहरु सम्मानित भएका हुन् । कार्यशाला गोष्ठीमा देशैभरबाट छानिएर आएका २१५ जना अगुवा होमस्टेकर्मीहरुको सहभागिता रहेको थियो । उत्कृष्ट होमस्टेहरु साँघु कोलडाँडा सामुदायिक होमस्टे(ताप्लेजुङ्ग), सुनाखरी सामुदायिक होमस्टे(पर्सा), नागार्जुन सामुदायिक होमस्टे(काठमाडौं), सुन्तलाबारी सामुदायिक होमस्टे(स्याङ्जा), जगदिशपुर सामुदायिक होमस्टे(कपिलवस्तु), आफर सामुदायिक होमस्टे (सुर्खेत), र थारु सामुदायिक होमस्टे(कैलाली) लाई सम्मान गरिएको हो । ३ दिनसम्म सञचालन गरिएको कार्यशाला गोष्ठिमा पशुपति न्यौपानेबाट होमस्टेको अवसर तथा चुनौतीे, रामचन्द्र सेढाईंबाट कर्णाली प्रदेशमा होमस्टे, दिपकराज जोशीबाट कोभिड १९ पछिको होमस्टेमा स्वच्छता, डा. आलोक प्रसाईंबाट नेपालमा होमस्टेको नितीगत व्यवस्था र राजेन्द्रप्रसाद त्रिपाठीबाट होमस्टेमा तालिम, विकास तथा बजारीकरण विषयमा प्रस्तुत गरिएका कार्यपत्रहरुमाथि छलफल भएको थियो । यसैगरी होमस्टे पर्यटनका सन्र्दभमा होसानसँग सहकार्य गर्दै आइरहेका संस्था तथा निकायहरु पर्यटन विकास आयोजना कर्णाली प्रदेश, तारागाँउ विकास समिति, नेपाल पर्यटन बोर्ड, कृषि विकास बैंक लि., कम्यूनिटी होमस्टे डट कम, रैथाने एग्रि प्रड्क्स, गरीबी निवारण कोष, जुवलोजिकल सोसाईटी अफ लण्डन, डब्लु डब्लु एफ नेपाल, राष्ट्रिय युवा परिषदबाट हुँदै आइरहेको कामको समिक्षा गर्दै आगामी दिनमा होसानसँग गर्न सकिने सहकार्यका विषयमा छलफल गरिएको थियो । कार्याशाला गोष्ठी ७ बुँदे सुर्खेत घोषणा पत्र जारी गर्दै समापन भएको आयोजकले जनाएको छ ।

स्याङ्जाका ४९ होमस्टे गाउँ पाहुना राख्न तयार

२५ माघ, पोखरा । २०५४ सालमा स्याङ्जाको सिरुबारीमा तत्कालीन सांसद क्याप्टेन रुद्रमान गुरुङले सामुदायिक घरबास (होमस्टे) को अवधारणा ल्याए । होमस्टे सञ्चालन गर्नेका लागि सिरुबारी एउटा पाठशाला बन्यो । त्यसपछि होमस्टे अवधारणा गाउँहरुमा पनि फैलिँदै गयो ।स्याङ्जाकै अन्य गाउँहरुमा पनि होमस्टे लहरै चल्यो । सिरुबारीजस्तै स्याङ्जाकै वालिङ नगरपालिका–४ मा सुन्तलाबारी सामुदायिक होमस्टे सञ्चालनमा आयो । […]

सामुदायिक होमस्टे’ सञ्चालन

पूर्वी चितवनको खैरहनी नगरपालिका–१० स्थित कठार गाउँमा आदिवासी समुदायको प्रयासमा सामुदायिक होमस्टे (घरबास) सञ्चालन गरिएको छ ।