गाउँ टेक्ने बित्तिकै पाहुनाको स्वागतमा गाउँलेहरू हातमा फूलमाला लिएर बस्छन् । उनीहरूको मीठो आतिथ्य, सत्कार, रहनसहन र मनोरम दृश्यले यहाँ पुग्ने जोकोही पुलकित हुन्छन् । यो हो – अयरपानी सामुदायिक होमस्टे ।
फेदीखोला कास्की र स्याङ्जाको सीमा क्षेत्र हो । पोखराबाट पश्चिम दिशामा पर्ने फेदीखोला गाउँपालिका–१ मट्टिखानमा पर्दछ, अयरपानी गाउँ ।
शहरबजार कोरोना महामारीले आक्रान्त बन्दा यो गाउँ भने यतिखेर दिनहुँ पाहुनाको स्वागतमा व्यस्त छ ।
अयरपानी सामुदायिक होमस्टेका सचिव राजकुमार गुरुङ भन्छन्, &lsq...