होमस्टे महासंघ नेपालको महाधिवेशन चैतमा

होमस्टे (घरवास) महासंघ नेपालको महाधिवेशनको मिति तोकिएको छ । शुक्रबार नवलपरासीमा बसेको केन्द्रको बैठकले मुलुकको संघीय संरचनाअनुसार सबै तहको अधिवेशन र केन्द्रको महाधिवेशन गर्ने निर्णय गरेको हो । जसअनुसार आउने चैत्र ११, १२ र १३ गते, गाभर भ्याली सामुदायिक होमस्टे बाँकेमा महासंघको महाधिवेशन हुने छ । प्रदेश तहको अधिवेशन यहीँ फागुन २८ गते शनिबार ७ वटै प्रदेशमा हुनेछ । स्थानीय तहको अधिवेशन फागुन २१ गते शनिबार, दिउँसो १२ बजे देशभर हुने कोषाध्यक्ष सुरज बास्तोलाले जानकारी दिएका छन् । .groupT

सम्बन्धित सामग्री

लुम्बिनीका होमस्टे सञ्चालकको सम्मेलन हुँदै

दाङ – लुम्बिनी प्रदेशस्तरीय होमस्टे सम्मेलन देउखुरीको कठबेरुवामा हुने भएको छ। चैत ३, ४ र ५ गते तीन दिन प्रदेशस्तरीय होमस्टे सम्मेलन हुन लागेको हो। होमस्टे महासंघ लुम्बिनी प्रदेशले शुक्रबार लमहीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सम्मेलनको बारेमा जानकारी गराएको हो। राजपुर गाउँपालिका वडा नं. १ स्थित कठबेरुवामा प्रदेशका १२ जिल्लाका करिब दुई सय होमस्टे सञ्चालकहरु […]

होमस्टे महासंघको अध्यक्षमा पुन: मर्दनिया

चितवन। होमस्टेहरूको छाता संगठन ‘होमस्टे महासंघ’को चौथो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा प्रेमशंकर मर्दनिया चुनिएका छन् । शनिवारदेखि चितवनको माडीमा चलेको सम्मेलनले आगामी ४ वर्षका लागि मर्दनियालाई दोस्रो कार्यकालका लागि अध्यक्षमा पुन: चयन गरेको हो ।  ५१ सदस्यीय केन्द्रीय समितिमा ६ जना उपाध्यक्ष, एक महासचिव चयन गरिएको छ । उपाध्यक्षमा बाबुराजा महर्जन, धनीश्वर बस्याल, एकराज घिमिरे, प्रकाश गुरूङ, रचना बाठा, लक्ष्मीनारायण चौधरी र महासचिवमा कृष्णलाल चौधरी चयन भएका छन् । सम्मेलनमा देशभरबाट ३८५ जना प्रतिनिधि सहभागी भएका थिए । नेपालको ६८ जिल्लाका १५ सय गाउँमा रहेका निजी र सामुदायिक होमस्टे महासंघमा आबद्ध छन् । १५ सय गाउँमा ७ हजार घरमा होमस्टे रहेको बताइएको छ । ती होमस्टेमा एक रातमा २८ हजार जना बस्न सक्ने क्षमता छ । नवनिर्वाचित अध्यक्ष मर्दनियाले गाउँ पर्यटनको मुख्य आधारको रूपमा स्थापित होमस्टेलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । समुदायलाई आर्थिक रूपमा समृद्ध गर्न, युवा विदेशिनबाट रोक्न, गाउँको उत्पादन गाउँमै खपत गर्न होमस्टेको ठूलो भूमिका रहेको उनको भनाइ थियो ।