बालुवा उद्योगलाई वातावरणीय अध्ययन प्रतिवेदन अनिवार्य

औद्योगिक प्रवद्र्धन बोर्डको स्वीकृतिपछि मात्रै उद्योग विभागमा दर्तासरकारले बालुवा प्रशोधन गर्ने उद्योगलाई वातावरणीय अध्ययन प्रतिवदेन अनिवार्य गरेको छ । घरेलु कार्यालयमा दर्ता गरी व्यवसायीहरुले नदी किनारमा व्यवसाय सञ्चालन गर्दै आएकोमा अब वातावरणीय अध्ययन अनिवार्य गरिएको हो ।यसअघि जथाभावी रुपमा आफूखुशी बालुवा प्रशोधन गर्दै आएको भन्दै आलोचना भइरहेको बेला ‘बालुवा प्रशोधन गर्ने उद्योगको अनुमति, दर्ता तथा […]

सम्बन्धित सामग्री

त्रीवेणी आयल प्रोसेसिङ कम्पनीद्वारा ईआईएका लागि लिखित राय सुझाव पठाउन आह्वान

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकास्थित त्रीवेणी आयल प्रोसेसिङ एन्ड प्याकेजिङ ईन्डष्ट्रिज प्रालिले वातावरणीय अध्ययन प्रतिवेदन (ईआईए)का लागि सराेकारवाला निकायलाई लिखित राय सुझाव पठाउन आह्वान गरेको छ ।  बुधवार एक दैनिक पत्रिकामा सूचना प्रकाशन गर्दै कम्पनीले सरोकारवाला व्यक्ति र संस्थालाई सूचना प्रकाशन भएको १५ दिनभित्र लिखित राय सुझाव पठाउन आह्वान गरेको हो ।  कम्पनीले गोदावरी नगरपालिका–५ स्थित कित्ता नं. ६८२ मा खाने तेल प्रोसेसिङ र प्याकेजिङ गर्ने ईन्डष्ट्रिज निर्माण गर्न लागेको छ ।  ‘वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक, भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, सांस्कृतिक प्रणाली र आर्थिक प्रणालीबीच के कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न सो स्थानको गाउँपालिका तथा त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थाको लिखित राय सुझाव लिन आवश्यक भएकाले सार्वजनिक सूचना प्रकाशन भएको मितिले १५दिनभित्र लिखित राय सुझाब उपलब्ध गराइ दिन हुन अनुरोध छ,’ सूचनामा भनिएको छ ।  कम्पनीले लिखित राय सुझावका लागि कम्पनी निर्माण हुने स्थलमा रहेको कार्यालय र काठमाडौं महानगरपालिका–१०, बानेश्वरस्थित कम्पनीको परामर्शदाता सस्टेनेबल भेन्चर्स प्रालिको कार्यालय वा इमलेमा पठाउन भनेको छ ।

अघि बढाइँदै अर्धजालशययुक्त किमाथाङका अरुण

काठमाडौँ,८ पुष । कूल चार सय ५४ मेगावाट क्षमताको किमाथाङका अरुण जलविद्युत् आयोजनाको प्रक्रिया अगाडि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् उत्पादन कम्पनीले अर्धजलाशयुक्त प्रकृतिको सो आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन तयारीका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले सूचनामार्फत् सङ्खुवासभा जिल्लामा आयोजनास्थल रहेको सो आयोजनाको परामर्शदाताका रुपमा नेपाल विद्युत् प्राधिकरणको […]

बूढी गण्डकी जलविद्युतको वातावरणीय प्रतिवेदनका लागि सुझाव माग

गोरखा स्थित बूढी गण्डकी नदीमा ८१ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको काम अगाडि बढेको छ । चुमनुब्री गाउँपालिकामा ८१ मेगावाटको जलविद्युत आयोजना निर्माणका लागि चिलिमे जलविद्युत कम्पनीले वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्न सुझाव मागेको हो ।आयोजना निर्माण गर्दा प्राकृतिक, भौतिक, जैविक, सामाजिक, सांस्कृतिक, आर्थिक प्रणालीबीच पर्नसक्ने अवसरबारे ७ दिनभित्र सुझाव पेस गर्न भनिएको छ । कम्पनीका अनुसार आयोजनाका लागि चुमनुब्री गाउँपालिका-४ नजिक ९ मिटर अग्ल

चुहानडाँडा विमानस्थल : ईआईएका लागि आयोजनाले माग्यो सरोकारवालासँग सुझाव

तेह्रथुम जिल्लाको आठराई गाउँपालिकामा पर्ने चुहानडाँडा विमानस्थलको वातावरणीय अध्ययन प्रतिवेदन (ईआईए)का लागि आयोजनाले सरोकारवालासँग सुझाव माग गरेको छ ।

८७ मेगावाटको अर्धजलाशययुक्त आयोजना बनाउँदै चिलिमे, राय सुझाव माग

चिलिमे जलविद्युत कम्पनीले अर्धजलाशययुक्त प्रकृतिको सेती नदी-३ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले सुदुरपश्चिम प्रदेश, बझाङ जिल्ला, जयपृथ्वी नगरपालिकामा ८७ मेगावाटको आयोजना निर्माण गर्न लागेको हो ।कम्पनीले आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन तयारी गर्नको लागि सल्लाह सुझाव माग गरेको छ।  कम्पनीले वातावरणीय अध्ययन प्रतिवेदन तयारी गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, सांस्कृतिक प्रणाली र आर्थिक प्रणाली बिच के कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न सो स्थानको न. पा., गा. पा. तथा त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थालाई राय सुझाव दिन आग्रह गरेको हो ।कम्पनीले आफ्नो कार्यालयको ठेगाना वा आयोजनाको परामर्शदाता कम्पनी चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेजको कार्यालयमा राय सुझाव दिन आग्रह गरेको हो ।   कम्पनीका अनुसार यो आयोजना अर्धजलाशययुक्त (PROR) प्रकृतिको आयोजना हो । यस आयोजनाले जयपृथ्वी नगरपालिका पानकोट नजिक १४ मि. अग्लो र ६७ मि. लम्बाइको बाँध निर्माण गरी ३०७७६६.०८ घनमिटर क्षमताको पिकिङ्ग पोन्डेज संगै रहेको इन्टेक मार्फत ८४.६० घनमिटर प्रति सेकेण्ड बहावलाई ग्रेभल ट्रेप (Gravel Trap) हुँदै बालुवा थिग्राउने पोखरी (Settling Basin) मा पुयाई सफा पानीलाई १०६९.८० मि. बक्स कल्भर्ट तथा ४२५१ मि. लामो सुरुङद्धारा सर्ज साफ्टमा पठाइने छ । तत्पश्चात् उक्त पानीलाई १५३ मि. लामो भूमिगत पेनस्टक सुरुङ मार्फत जयपृथ्वी नगरपालिका सुतिया नजिक निर्माण हुने भूमिगत विद्युतगृहमा खसाली फ्रान्सिस टर्वाइन (Francis Turbine) र जेनेरेटरको सहायताले ८७ मे. वा. विद्युत उत्पादन गरी टेलरेस सुरुङ मार्फत पुनः सेती नदीमा खसालिने छ । आयोजनाबाट उत्पादित विद्युतीय ऊर्जालाई प्रस्तावित चैनपुर सब-स्टेसनमा जोडिने छ ।कम्पनीका अनुसार यस आयोजनाबाट बझाङको जयपृथ्वी नगरपालिकाको वडाहरु १, २, ३, ४, ५, ६, ७, ८, ९ र १०,  खप्तड छान्ना गाउँपालिकाको वडा नम्बर २, मष्टा गाउँपालिकको वडा १ र ४, छबिसपाथिभेरा गाउँपालिकाको वडा नम्बर १ र थलारा गाउँपालिकाको वडा नम्बर ९ प्रभावित हुने छन् ।

चितवनमा गैँडा मरेको विषयमा छानबिन गर्न मन्त्रालयले बनायो कार्यदल

काठमाण्डाै – चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा गैँडा मरेको विषयमा छानबिन गर्न सरकारले पाँच सदस्यीय कार्यदल गठन गरेको छ । वन तथा वातावरण मन्त्रालयले वन तथा भू संरक्षण विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसीको संयोजकत्वमा आज मङ्गलवार पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । कार्यदललाई स्थलगत छानबिन गरी घटनाको यथार्थ विवरण पेस गर्न १० दिनकाे समय दिइएकाे छ । साथै सडक निर्माण गर्दा भएको वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृतिको अवस्थाका साथै सडक निर्माणको क्रममा लापर्बाही भएको पाइएमा त्यसको यकिन जानकारी...