चितवनमा गैँडा मरेको विषयमा छानबिन गर्न मन्त्रालयले बनायो कार्यदल

काठमाण्डाै – चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा गैँडा मरेको विषयमा छानबिन गर्न सरकारले पाँच सदस्यीय कार्यदल गठन गरेको छ । वन तथा वातावरण मन्त्रालयले वन तथा भू संरक्षण विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसीको संयोजकत्वमा आज मङ्गलवार पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । कार्यदललाई स्थलगत छानबिन गरी घटनाको यथार्थ विवरण पेस गर्न १० दिनकाे समय दिइएकाे छ । साथै सडक निर्माण गर्दा भएको वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृतिको अवस्थाका साथै सडक निर्माणको क्रममा लापर्बाही भएको पाइएमा त्यसको यकिन जानकारी...

सम्बन्धित सामग्री

गैँडा मारिएको घटनाबारे छानबिन गर्न पाँच सदस्यसम्मिलित टोली चितवनमा - NepaliPatra

चितवन । वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुई गैँडा मारेको घटना छानबिन गर्न बनाएको समितिले स्थलगत रुपमा काम थालेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा गठित पाँच सदस्यसम्मिलित टोलीले चितवन आएर स्थलगत रुपमा काम थालेको हो । उपमहानिर्देशक ढकालका अनुसार शनिबार घटनास्थलमा पुगेर सूष्मरुपमा अध्ययन गरिएको […]