विदेशमा मेडिकल शिक्षा पढेर कोभिड–१९ का कारण इन्टर्नसिप पूरा गर्न नपाएका विद्यार्थीसँग शिक्षा मन्त्रालयले आवेदन मागेको छ । सन् २०१५ ब्याचमा चीन अध्ययन गर्न गएका विद्यार्थीलाई लक्षित गरेर मन्त्रालयले आवेदन माग गरेको हो । सन् २०१४ देखि २०१७ सम्मका विद्यार्थीले इन्टर्नसिप पूरा गर्न पाएका छैनन् ।