वीरगन्ज महानगरपालिकाको प्रथम नगर सभा आइतबार नगरसभा गृहमा सुरु भएको छ। नयाँ संबिधानमा स्थानीय तहले स्थानीय सरकारको हैसियत पाए अनुसार त्यसको ब्यवस्थापिकाको भुमिका गर्ने नगर सभाको उद्घाटन आइतवार गरिएको हो।
वीरगन्ज, १५ वैशाख । वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रभित्र अव्यवस्थितरूपमा राखिएका इन्टरनेट तथा टेलिफोनका तार हटाउन थालेको छ । अव्यवस्थित तारका कारण नगर क्षेत्रमा दुर्घटना हुँदै आएको र आगामी दिनमा पनि यसबाट अन्य मानवीय दुर्घटना हुनसक्ने भन्दै महानगरपालिकाले अव्यवस्थितरूपमा राखिएका इन्टरनेट तथा टेलिफोनका तार हटाउन थालेको हो । पहिलो चरणमा आइतबारदेखि घन्टाघर क्षेत्रबाट अव्यवस्थित तार हटाउने […]
पर्सा : वीरगन्ज महानगरपालिका हालसम्म भएको ८१ हजार ८१० मतगणना भएको छ। जसमा जसपाका राजेशमान सिंहले ४० हजार १७२ मत ल्याएका छन् भने एमालेका विजय कुमार सरावगी एमालेका उम्मेदवार २० हजार ४७५ ल्याएका छन्। यस्तै राप्रपाका गिरिश गिरीले २९ सय ८६ मत ल्याएका छन्। हालसम्म उपप्रमुखमा गठबन्धनबाट कांग्रेसका इम्तियाज आलमले २५ हजार १५८ मत ल्याएका छन्। लोसपाका पुरुषोत्तमलाल झाले ६७१९ मत ल्याएका छन्। यस्तै, राप्रपाका विना जयसवालले ४९ सय ९१ मत ल्याएकी छन्। भने गुलाफ फूल चुन
काठमाडौँ । वीरगन्ज महानगरपालिका प्रमुखमा सत्ता गठबन्धनका साझा उम्मेदवारहरूले फराकिलो अग्रता बनाएका छन्। मेयर पदमा उम्मेदवारी दिएका जसपाका राजेशमान सिंहले ३८ हजार ४३७ मत ल्याएका छन्। सिंहका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सरावगीले १९ हजार ६७९ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका राप्रपाका गिरीश गिरीले भने २ हजार ८७५ मत प्राप्त गरेका छन्। महानगर […]
पहिचान र समृद्धि दिन सक्ने जनप्रतिनिधिको खोजीमा मतदाता, हरहालतमा जित हासिल गर्ने उम्मेदवारको एकसूत्रीय एजेन्डा
स्थानीय निर्वाचनका लागि वीरगन्ज महानगरका मेयरको उम्मेदवार चयनमा केही अस्वाभाविक घटनाक्रम भए । पहिलो– ०७२ मा मधेस...
पर्सा : वीरगन्ज महानगरपालिकामा १२ जनाले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन्।आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मधेश प्रदेशको एक मात्र वीरगन्ज महानगरपालिकाको प्रमुख पदमा १२ जनाको उम्मेदवारी परेको हो।आइतबार पहिलो दिन दर्ता भएका ७७ जना उम्मेदवार मध्ये उपप्रमुखमा भने आइतबार एक जनाको पनि नपरेको पर्साका प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए।नगर प्रमुख पदमा दर्ता गराउनेहरू मध्ये राजनीतिक दलको तर्फबाट नेपाल मजदुर किसान पार्टीका गोकर्ण प्रसाद कोइरी र नेपाल सद्भावना प
पर्सा : कोभिड-१९ को महामारीबीच आफ्नो क्षेत्रका विद्यालय सञ्चालन गर्न वीरगन्ज महानगरपालिका अग्रसर भएको छ। आफ्नो अग्रसरतालाई फलिभूत बनाउन महानगरले बुधबार सरोकारवालासँग परामर्श गरेको हो। कोरोना महामारीको तेस्रो लहर आउने विज्ञहरूले बताइरहेको समयमा महानगरले आफ्नो क्षेत्रका सबै विद्यालयहरू संचालन गर्न बुधबार गरेको परामर्शका बीच अब कुरेर बसिरहन नसक्ने जनाएको छ। गएको असार १ गतेबाट महानगरका सबै विद्यालय चलाउने एकतर्फी निर्णय गरेको महानगर चौतर्फी विरोधपछि आफ्नो निर्णयबाट पछि हटेको थियो।&nbs
असार ३१, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ ।
बिहीवार वीरगञ्जमा आयोजित समारोहमा प्रदेश नम्बर २ का खानेपानी तथा उर्जामन्त्री ओमप्रकाश शर्माले महानगरलाई पूर्ण खोप घोषणा गरेका हुन् ।
वीरगन्ज महागनरपालिकाका १५ महीना उमेरसम्मका बालबालिकालाई लगाइने १२ प्रकारका सबै खोप लगाइसकेपछि पूर्ण खोप घोषणा भएको हो । मन्त्री शर्माले बालबालिकाको पहिलो अधिकार स्वास्थ्य भएकाले कोही पनि बालबालिका खोपबाट बञ्चित हुन नहुने बताए ।
कोरोना संक्रमणको महामारीले खोप कार्यक्रम प्रभावित भए पनि वीरगञ्ज महानगरपालिकाले पूर्ण खोप घोषणा गर्नु सराहनीय भएको मन्त्री शर्माले बताए । महानगरप्रमुख विजयकुमार सरावगीले महानगरपालिकालाई पूर्ण खोप घोषणा गरेर मात्रै नहुने बताउँदै यसलाई निरन्तरता दिनका लागि स्थानीय वडा अध्यक्षलगायत जनप्रतिनिधिहरूको सक्रियता आवश्यक रहेको बताए ।
स्थानीय जनप्रतिनिधिले वडास्तरीय खोप समितिलाई सक्रिय बनाएर वडाभित्रका बालबालिकालाई खोपको मात्रा सुनिश्चित गर्न सक्रिय भूमिका खेल्न सरावगीले आग्रह गरे । पूर्णखोप घोषणाका लागि वीरगन्ज महानगरपालिकाले केही समयअघि महानगरका ३२ ओटै वडामा १६ देखि २३ वर्षसम्म उमेर समूहका बालबालिकाले खोप लिए÷नलिएको बारेमा २९ हजार १९३ घरधुरीमा सर्वेक्षण गरेको थियो ।
सर्वेक्षणका क्रममा जन्मिएदेखि १५ महिनाभित्रमा सबै १२ प्रकारका खोप लगाउने बालबालिकाको संख्या २ हजार ६६ जनामात्र देखिएको महानगरका स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख अरुण महतोले जानकारी दिए ।
५८७ जना बालबालिकाले आंशिक र ओठ जनाले कुनै पनि खोप नलगाएको फेला परेको उनले बताए । महानगरका ३२ ओटै वडामा स्वास्थ्यकर्मी र स्वयंसेवी खटाएर खोप लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाइएपछि महानगरललाई पूर्ण खोपयुक्त घोषणा गरिएको महानगरका प्रेस सल्लाहकार गोविन्द देवकोटाले बताए ।
वीरगन्ज महानगर, आठ उपमहानगर, ४५ नगरपालिका र ८० गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त
महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा सहसचिवको दरबन्दी छ । तर, वीरगन्ज महानगरपालिका प्रशासनको नेतृत्व नौ महिनादेखि उपसचिव प्रदीपकुमार निरौलाले...