वीरगन्ज महानगर : ८१ हजार ८१० मतगणना हुँदा राजेशमानलाई ४० हजार १७२ मत

पर्सा : वीरगन्ज महानगरपालिका हालसम्म भएको ८१ हजार ८१० मतगणना भएको छ। जसमा जसपाका राजेशमान सिंहले ४० हजार १७२ मत ल्याएका छन् भने एमालेका  विजय कुमार सरावगी  एमालेका उम्मेदवार २० हजार ४७५ ल्याएका छन्। यस्तै राप्रपाका गिरिश गिरीले २९ सय ८६ मत ल्याएका छन्। हालसम्म उपप्रमुखमा गठबन्धनबाट कांग्रेसका  इम्तियाज आलमले २५ हजार १५८ मत ल्याएका छन्। लोसपाका  पुरुषोत्तमलाल झाले ६७१९ मत ल्याएका छन्। यस्तै, राप्रपाका विना जयसवालले ४९ सय ९१ मत ल्याएकी छन्। भने गुलाफ फूल चुन

सम्बन्धित सामग्री

प्रतिनिधि विवादका कारण वीरगञ्जमा मतगणना प्रभावित

वीरगञ्ज महानगरमा पार्टीहरूबीच प्रतिनिधि राख्ने विषयमा विवाद भएपछि मतगणना प्रभावित भएको छ । वीरगन्ज महानगर १४ स्थित नरसिंह माध्यमिक विद्यालय पिपरामठमा गठबन्धनका उम्मेदवारले एकजना उम्मेदवारका लागि ३ जना सम्म पार्टी प्रतिनिधि राखेको भन्दै नेकपा एमालेले विरोध गरेपछि मतगणना प्रभावित भएको हो । नेकपा एमाले पर्सा जिल्लाका अध्यक्ष प्रभु हजाराले मतगणनास्थलमा गठबन्धन दलका प्रदेश सांसद समेत राखिएकाले विरोध गर्नुपरेको बताए ।

स्थानीय तहको ५ वर्षे समीक्षा: वीरगन्ज महानगर : मेयरका प्रतिबद्धता अधुरै

वीरगन्ज महानगरपालिकाको प्रमुखमा निर्वाचित भएकै दिन मतगणना स्थलमा आयोजित पत्रकार सम्मेलनमा विजयकुमार सरावगीले आफूसँग ‘भगवान्’ ले दिएको सबैथोक भएकाले केही सेवा–सुविधा नलिने घोषणा गरेका थिए । व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका सरावगीले गाडी सुविधा पनि नलिने घोषणा गरेका थिए तर निर्वाचित भएको करिब एक वर्षपछि १ करोड ४५ लाख रुपैयाँको पजेरो खरिद गरे ।