पर्यटनमन्त्रीद्वारा नारायणहिटी दरबार सङ्ग्रहालय निरिक्षण
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आज अपराह्न नारायणहिटी दरबार परिसरको ‘गणतन्त्र स्मारक’ पार्क, नारायणहिटी दरबार सङ्ग्रहालय र श्री सदनको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् ।
राजधानीका नारायणहिटी दरबार सङ्ग्रहालय, गणतन्त्र स्मारक, छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय, मुद्रा सङ्ग्रहालयलगायत पनि खुलेका छन्। सबै सङ्ग्रहालयमा स्वास्थ्य मापदण्ड पूरा गरेर भौतिक दूरी कायम गर्दै प्रवेश गराइएको छ। मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ। २५ ...
काठमाण्डाै – नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिनुभएकाे राजीनामा स्वीकृत भएकाे छ ।
कार्यकारी निर्देशक दाहालले आज मङ्गलवार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा आफ्नो पदबाट राजीनामा बुझाउनुभएको थियाे । दाहालकाे राजीनामा स्वीकृत भएकाे मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बताउनुभयो ।
कार्यकारी निर्देशक दाहाललाई नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट लगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा केही कमजोरी गरेको आरोप लागेको छ...
काठमाण्डाै – नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिनुभएको छ ।कार्यकारी निर्देशक दाहालले आज मङ्गलवार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा आफ्नो पदबाट राजीनामा बुझाउनुभएको हो । कार्यकारी निर्देशक दाहाललाई नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट लगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा केही कमजोरी गरेको आरोप लागेको छ । ‘नारायणहिटी दरबार सङ्ग्रहालयमा मैले सही मनसायले काम गरेको छु । विभिन्न सञ्चारमाध्यममा गलत तथा दु...
नारायणहिटी दरबार सङ्ग्रहालय परिसरको जग्गा भाडामा लगाई ‘रेस्टुरेन्ट’ बनाउने कार्यमा कानुनी त्रुटि तथा प्रक्रियागत कमजोरी दुवै रहेको पुष्टि भएको छ ।
नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले बतास समूहको बी म्यानेजमेन्ट प्रालिलाई रेस्टुरेन्ट चलाउन दिएको भनिएको जग्गा पनि सम्झौताभन्दा धेरै बढी रहेको ठहर भएको छ ।
त्यस कार्यमा नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहाललाई मुख्य दोषी देखाई कारबाहीका लाग...
काठमाडौँ– नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टका लागि निर्माण गरिन लागेका संरचना भत्काइएको छ। रेष्टुरेन्ट सञ्चालनका लागि बतास समूहले संरचना बनाइरहेको थियो । ती संरचना भत्काउन सुरु गरिएको नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ। क्यान्टिन तथा रेस्टुरेन्ट सञ्चालनका लागि बतास समूहले संरचना बनाउन थालेको सार्वजनिक भएपछि पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा संरचना निर्माण गर्न रोक लगाइएको थियो। […]
नारायणहिटी दरबार सङ्ग्रहालयको जग्गा विवादास्पद ढङ्गले रेस्टुरेन्ट सञ्चालनका लागि भाडामा लगाइएको घटनाका सम्बन्धमा दुईवटा निकायबाट छानबिन सुरु भएको छ । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सङ्ग्रहालयको करिब १० रोपनी जग्गा रेस्टुरेन्टका लागि बतास समूहको बी म्यानेजमेन्टलाई मासिक दुई लाख २१ हजार रुपियाँ भाडामा लगाएको समाचारपछि ...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेण्टको काम रोक्न नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई निर्देशन दिनुभएको छ । दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहाललाई मन्त्री आलेले मन्त्रालयमा बोलाई त्यहाँ निर्माण भइरहेको रेस्टुरेण्टको काम तत्काल रोक्न मौखिक निर्देशन दिनुभएको हो । मन्त्री आलेको …
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेशसँगै नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा रेस्टुरेन्ट निर्माण कार्य रोकिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिले बी. म्यानेजमेन्ट प्रालिलाई पत्राचार गर्दै मन्त्रालयको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न भनेको हो । ‘यस नारायणहिटी दरबार सङ्ग्रहालय […]
नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढेसँगै गत वैशाखदेखि बन्द रहेका राजधानीका सङ्ग्रहालय खुल्न थालेका छन् । राजधानीका नारायणहिटी दरबार सङ्ग्रहालय, गणतन्त्र स्मारक, छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय, मुद्रा सङ्ग्रहालय र हनुमानढोका दरबार सङ्ग्रहालय स्वास्थ्य मापदण्डपालना गरी खुला गरिएको हो । सङ्ग्रहालय खुला गरेसँगै अवलोकनकर्ताको भीड लागेको छ । नारायणहिटी दरबार सङ्ग्रहालय र गणतन्त्र स्मारक हप्तामा छ दिन खुला हुन्छ । बुधबार नारायणहिटी अवलोकनकर्ताका लागि बन्द गरिन्छ । मङ्गलबार भने आधा दिन खुला गरि