काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेशसँगै नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा रेस्टुरेन्ट निर्माण कार्य रोकिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिले बी. म्यानेजमेन्ट प्रालिलाई पत्राचार गर्दै मन्त्रालयको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न भनेको हो । ‘यस नारायणहिटी दरबार सङ्ग्रहालय […]