कास्की - पोखरामा महानगरपालिकाको नयाँ नेतृत्व लिन दुई जनाले उम्मेदवारी दिएका छन् । अटेरी अभियान चलाइ रहेका स्वतन्त्र उम्मेदवार गणेश पौडेल र अर्का स्वतन्त्र उम्मेदवार विमल बहादुर कार्कीले पोखरा महानगर मेयर पदमा उम्मेदवारी दर्ता गराउनु भएकाे हाे ।
उनीहरु दुवै पोखरा १४ का बासिन्दा हुन् । उनीहरुले आज मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । गणेश पौडेलको समर्थक सरोज जीसी र प्रस्तावकमा अप्सरा अधिकारी हुनुहुन्छ । त्यसैगरी विमलबहादुर कार्की प्...