पुल निर्माण ढिलाइले स्थानीयलाई सास्ती

ठेकेदारले समयमै सामान ढुवानी नगर्दा जिल्लाका ११ वटा झोलुंगे पुल निर्माण सम्पन्न हुन सकेको छैन । सम्झौता गरेको समयसम्म ठेकेदारहरूले सामान ढुवानी गर्न नसकेपछि जिल्लाका विभिन्न गाउँ जोडने ११ वटा झोलुंगे पुलका काम रोकिँदा सेवाग्राही काठको पुलबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

सम्बन्धित सामग्री

पुल निर्माण अलपत्र हुँदा स्थानीयलाई सास्ती

धरान– छोटो दूरीमा धरान जोड्ने धरान–चतरा–भोजपुर सडकस्थित दूधकोशी नदीको चुहारमा निर्माणाधीन पक्की पुल नबन्दा दक्षिणी भोजपुरका बासिन्दा कष्टकर यात्रा गर्न बाध्य छन् । उदयपुरको बेलका नगरपालिका–७ र भोजपुरको हतुवागढी गाउँपालिका–८ जोड्ने चुहारस्थित दूधकोशी नदीमा बन्दै गरेको पक्की पुल अलपत्र भएपछि बिरामीलाई समयमा अस्पताल पुर्‍याउन, स्थानीय उत्पादनलाई बजार  पुर्‍याउन  कठिन भएको स्थानीयको गुनासो छ ।  स्थानीय […]

भएको तुइन भत्काइएपछि स्थानीयलाई सास्ती

चुरे (मकवानपुर) । ठेकेदारले काम जिम्मा लिएपछि सुरु गर्न कति समय लाग्ला ? एक–दुई साता वा महिना । तर, मकवानपुर हेटौंडा उपमहानगर मुटुमै रहेको पुलको म्याद सकिनै लाग्दासमेत ४ प्रतिशत काम पनि भएको छैन । अब म्याद सकिन चार महिना मात्रै बाँकी छ । हेटौंडा उपमहानगर–१ लालझा“डी र चौकीटोल जोड्ने पक्की पुल निर्माण गर्न दुई […] The post भएको तुइन भत्काइएपछि स्थानीयलाई सास्ती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ओखलढुंगाकाे पोक्तिङ खोलाकाे पुल निर्माणमा ढिलाई हुँदा आवतजावतमा समस्या

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–७ टक्सारको पोक्तिङ खोलामा सडक पुल निर्माण कार्यमा ढिलाई हुँदा स्थानीयलाई सास्ती भएको छ । पक्की पुल निर्माणका लागि ठेक्का लागेको डेढ वर्ष बितिसक्दा समेत ठेकेदार कम्पनीले एउटा पिलरको जग उठाउने काम बाहेक केही गरेको छैन् । पूर्वाधार विकास कार्यालय मार्फत ४ करोड ३५ लाख लागतमा काष्ठमण्डप कन्ट्रक्सन कम्पनीले लिएको ठेक्काको […]

मोटरेवल पुल निर्माणले स्थानीय लाभान्वित

कपिलवस्तु बाणगंगा नगरपालिकाको मोर्मीस्थित कोइली खोलामा आवतजावत गर्न स्थानीयहरु काठे पुलको प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो । पञ्चायत कालदेखि पक्की पुलको माग गरेपनि सुनुवाई नहुँदा स्थानीयलाई सास्ती भएको थियो । लुम्बिनी प्रदेश सरकारले सो खोलामा मोटरेवल पुल निर्माण गरेपछि स्थानीय लाभान्वित भएका छन् ।

पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयलाई सास्ती

रोल्पा । घोडाखोलामा समयमै पक्की पुल नबन्दा रोल्पाको सुनीलस्मृति गाउँपालिका र प्यूठानको स्वर्गद्वारी नगरपालिकाका स्थानीयवासी जोखिमपूर्ण रूपमा खोला तर्न बाध्य छन् । रोल्पा र प्यूठानको सिमानामा पर्ने घोडेखोलामा निर्माण भइरहेको पक्की पुल समयमै निर्माण हुन नसक्नु र गत असारदेखि खोलामा पानी बढेपछि स्थानीय सानो काठको प्mल्याकबाट वारपार गर्न बाध्य छन् । सुनीलस्मृति गाउँपालिकाबाट रून्टीगढी गाउँपालिका हुँदै दाङको घोराही जोड्ने सबैभन्दा छोटो दूरीको यो सडकमा पर्ने घोडेखोलामा पुल नबन्दा स्थानीयको जनजीवन कष्टकर बनेको छ । पुल नहुँदा यातायातका साधन आवतजावत गर्न समस्या भएको छ भने पदैलबाट खाद्यान्नलगायत सामान किनमेलका लागि प्यूठानको स्वर्गद्वारी नगरपालिकाका किमिचौर, भिंग्री बजारमा जान समेत सास्ती भएको स्थानीय बताउँछन् । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोख्रेलले गत पुसमा पुल शिलान्यास गर्दा पुल निर्माणको जिम्मा लिएको जलजला आशु कन्स्ट्रक्सनका सञ्चालक बालाजु श्रेष्ठले तोकिएको समयावधि अगावै सम्पन्न गरी बोनस लिने प्रतिबद्धता गरेका थिए । तर सम्झौताअनुसार काम सम्पन्न गर्ने समय दुई महिना मात्र बाँकी हुँदा समेत पुलको निर्माण ३० प्रतिशतभन्दा बढ्न सकेको छैन । २ करोड ५९ लाख २२ हजार लागतमा पुल निर्माणको जिम्मा लिई कम्पनीका सञ्चालक श्रेष्ठले पेटी ठेकेदार सुन्दर घिमिरे र सञ्जय चौधरीलाई जिम्मा दिएका थिए । पेटी ठेकेदारले कामदारलाई समयमा पैसा नदिएपछि पुलको निर्माण हाल अलपत्र छ । विगतका वर्षमा वर्षाको समयमा खोला तर्दा खोलाले बगाएर धेरै मानिसले ज्यान गुमाएका छन् । ‘यो वर्ष त पक्की पुल बन्ने भयो, अब खोला तर्न समस्या हुँदैन भन्ने आशामा थियौं,’ स्थानीय भुपेन्द्र कुँवरले भने, ‘अझै धेरै काम बाँकी रहेकोले अर्को वर्षासम्म पनि पुल नबन्ने चिन्ता लागेको छ ।’ उनका अनुसार पेटी ठेकेदारले कामदारलाई समयमै पैसा नदिएपछि रित्तो हात घर जाने गरेका छन् भने स्थानीय पसल र होटलमा उधारो लिएको र खाएको समेत ठेकेदारले नदिँदा स्थानीय व्यापारी मारमा परेका छन् । दैनिक सयौं मानिस घोडेखोला तरेर वारपार गर्छन् । बजारमा किनमेलका लागि पनि नजिकको किमीचौर भिंग्री पुग्दा घोडेखोला तर्नैपर्छ । घोडेखोलामा पक्की पुल निर्माण नहुँदासम्मका लागि अर्को विकल्प नहुँदा स्थानीयवासी जोखिमपूर्ण रूपमा काठको लप्काबाट खोला तर्न बाध्य छन् । यसप्रति स्थानीय सरकार र अन्य सरोकारवालाको समयमै ध्यान नपुग्दा सर्वसाधारणको अकालमै ज्यान जाने खतरा बढेको छ ।

साढे १० करोडको लगानीमा निर्माण भएको पुल प्रयोगवीहिन, स्थानीयलाई सास्ती

हुलाकी सडक संजाल अन्तरगत झापा र मोरङ जिल्ला जोड्ने रतुवा खोलामा साढे दस करोडको बजेट लागतमा  निर्माण गरिएको २ सय ५ मिटर लामो पक्की पुल निर्माण सम्पन्न भएको १३ वर्ष बितिसक्दा पनि पूर्ण रुपमा प्रयोगमा आउन सकेको छैन् ।

निर्माणकार्य अलपत्र बन्दा स्थानीयलाई सास्ती - Naya Patrika

मोरङको केराबारी गाउँपालिका बेलबारी लेटाङ नगरपालिका जोड्ने बेलचौरी घंघरु जोड्ने पुल निर्माण अलपत्र बन्न थालेको छ । आ.व. ०७१/०७२ पुल निर्माणको लागि केन्द्रिय योजना मार्फत बजेट आएर काम थालेपनि बेसको...पूरा पढ्नुहोस् »