साढे १० करोडको लगानीमा निर्माण भएको पुल प्रयोगवीहिन, स्थानीयलाई सास्ती

हुलाकी सडक संजाल अन्तरगत झापा र मोरङ जिल्ला जोड्ने रतुवा खोलामा साढे दस करोडको बजेट लागतमा  निर्माण गरिएको २ सय ५ मिटर लामो पक्की पुल निर्माण सम्पन्न भएको १३ वर्ष बितिसक्दा पनि पूर्ण रुपमा प्रयोगमा आउन सकेको छैन् ।

सम्बन्धित सामग्री

पुल निर्माण अलपत्र हुँदा स्थानीयलाई सास्ती

धरान– छोटो दूरीमा धरान जोड्ने धरान–चतरा–भोजपुर सडकस्थित दूधकोशी नदीको चुहारमा निर्माणाधीन पक्की पुल नबन्दा दक्षिणी भोजपुरका बासिन्दा कष्टकर यात्रा गर्न बाध्य छन् । उदयपुरको बेलका नगरपालिका–७ र भोजपुरको हतुवागढी गाउँपालिका–८ जोड्ने चुहारस्थित दूधकोशी नदीमा बन्दै गरेको पक्की पुल अलपत्र भएपछि बिरामीलाई समयमा अस्पताल पुर्‍याउन, स्थानीय उत्पादनलाई बजार  पुर्‍याउन  कठिन भएको स्थानीयको गुनासो छ ।  स्थानीय […]

स्तरोन्नति नहुँदा स्थानीयलाई सास्ती

काठमाडौँ,२३ माघ । कर्णाली राजमार्ग गुणस्तरीय नहुँदा बर्सेनि राजमार्गमा यात्रा गर्ने कर्णालीवासीले सास्ती बेहोर्दै आएका छन् । राजमार्गको स्तरोन्नतिका लागि सरकारले बर्सेनि बजेट विनियोजन गरे पनि स्तरोन्नति हुननसकेको स्थानीयले गुनासो गरेका छन् । राजमार्ग स्तरोन्नति नहुँदा यात्रुलाई मात्र होइन, सवारी चालक र गाडीधनीलाई पनि उत्तिकै पिरोल्ने गरेको छ । सडक सञ्चालनमा आएको लामो समय भइसक्दा […]

भएको तुइन भत्काइएपछि स्थानीयलाई सास्ती

चुरे (मकवानपुर) । ठेकेदारले काम जिम्मा लिएपछि सुरु गर्न कति समय लाग्ला ? एक–दुई साता वा महिना । तर, मकवानपुर हेटौंडा उपमहानगर मुटुमै रहेको पुलको म्याद सकिनै लाग्दासमेत ४ प्रतिशत काम पनि भएको छैन । अब म्याद सकिन चार महिना मात्रै बाँकी छ । हेटौंडा उपमहानगर–१ लालझा“डी र चौकीटोल जोड्ने पक्की पुल निर्माण गर्न दुई […] The post भएको तुइन भत्काइएपछि स्थानीयलाई सास्ती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पुल नहुँदा स्थानीयलाई सास्ती

काठमाडौँ,२२ मँसिर । बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दिघाट पुल बाढीले बगाएपछि आवतजावतका लागि दुई पालिकाका स्थानीयवासीलाई सास्ती भएको छ । बाढीले क्षतिग्रस्त बनाएको पाँच वर्ष बित्दा पनि पुल पुनःनिर्माण नहुँदा वर्षौदेखि सास्ती बेहोर्दै आएको बारबर्दिया नगरपालिका– ११ का रामगोपाल थारुले बताउनुभयो । तरकारी फल्ने र बिक्री हुने यो मुख्य मौसम हो । […]

पुल नहुँदा स्थानीयलाई सास्ती

बाढीले क्षतिग्रस्त बनाएको पाँच वर्ष बित्दा पनि पुल पुनःनिर्माण नहुँदा वर्षौदेखि सास्ती बेहोर्दै आएको बारबर्दिया नगरपालिका– ११ का रामगोपाल थारुले बताए।...

हिमपातले स्थानीयलाई सास्ती, पर्यटक उत्साही

जाजरकोट । जाजरकोटका उत्तरपश्चिम क्षेत्रका लेकाली भेगमा पुनः हिमपात भएको छ । महिनैपिच्छेको हिमपात र वर्षात्ले चिसो बढेपछि कृषि पेसा र ज्यालामजदुरी गरी छाक टार्ने नागरिकको जनजीवन कष्टकर भएको हो । लेकामा हिउँ परे बालीनाली सप्रन्छ भन्दै खुसी हुने कृषक पनि पटक–पटकको हिमपातले दिक्क भएका छन् । ‘मंसिर र पुसको हिमपातले मात्र फलफूल, हिउँदेबाली सप्रन्छ’, […]

पक्की पुल नहुँदा स्थानीयलाई सास्ती

प्रकाश नेपाल इलाम । इलामको फाल्गुनन्द मार्गमा पर्ने पुवाखोलाको सटके दोभानमा पक्की पुल नहुँदा स्थानीयलाई सास्ती भएको छ । सोयाक, सिदिथुम्का सहित दर्जनौ ग्रामीण बस्तीलाई सदरमुकामसँग जोड्ने यस मार्गमा पक्की पुल नहुँदा स्थानीयले वर्षौदेखि सास्ती खेप्दै आएका छन् ।यो दृश्य हो सटके दोभानको । इलाम सदरमुकामको इलाम नगरपालिका वडा नम्वर–९ र वडा नम्वर– ११ यही […]

पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयलाई सास्ती

रोल्पा । घोडाखोलामा समयमै पक्की पुल नबन्दा रोल्पाको सुनीलस्मृति गाउँपालिका र प्यूठानको स्वर्गद्वारी नगरपालिकाका स्थानीयवासी जोखिमपूर्ण रूपमा खोला तर्न बाध्य छन् । रोल्पा र प्यूठानको सिमानामा पर्ने घोडेखोलामा निर्माण भइरहेको पक्की पुल समयमै निर्माण हुन नसक्नु र गत असारदेखि खोलामा पानी बढेपछि स्थानीय सानो काठको प्mल्याकबाट वारपार गर्न बाध्य छन् । सुनीलस्मृति गाउँपालिकाबाट रून्टीगढी गाउँपालिका हुँदै दाङको घोराही जोड्ने सबैभन्दा छोटो दूरीको यो सडकमा पर्ने घोडेखोलामा पुल नबन्दा स्थानीयको जनजीवन कष्टकर बनेको छ । पुल नहुँदा यातायातका साधन आवतजावत गर्न समस्या भएको छ भने पदैलबाट खाद्यान्नलगायत सामान किनमेलका लागि प्यूठानको स्वर्गद्वारी नगरपालिकाका किमिचौर, भिंग्री बजारमा जान समेत सास्ती भएको स्थानीय बताउँछन् । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोख्रेलले गत पुसमा पुल शिलान्यास गर्दा पुल निर्माणको जिम्मा लिएको जलजला आशु कन्स्ट्रक्सनका सञ्चालक बालाजु श्रेष्ठले तोकिएको समयावधि अगावै सम्पन्न गरी बोनस लिने प्रतिबद्धता गरेका थिए । तर सम्झौताअनुसार काम सम्पन्न गर्ने समय दुई महिना मात्र बाँकी हुँदा समेत पुलको निर्माण ३० प्रतिशतभन्दा बढ्न सकेको छैन । २ करोड ५९ लाख २२ हजार लागतमा पुल निर्माणको जिम्मा लिई कम्पनीका सञ्चालक श्रेष्ठले पेटी ठेकेदार सुन्दर घिमिरे र सञ्जय चौधरीलाई जिम्मा दिएका थिए । पेटी ठेकेदारले कामदारलाई समयमा पैसा नदिएपछि पुलको निर्माण हाल अलपत्र छ । विगतका वर्षमा वर्षाको समयमा खोला तर्दा खोलाले बगाएर धेरै मानिसले ज्यान गुमाएका छन् । ‘यो वर्ष त पक्की पुल बन्ने भयो, अब खोला तर्न समस्या हुँदैन भन्ने आशामा थियौं,’ स्थानीय भुपेन्द्र कुँवरले भने, ‘अझै धेरै काम बाँकी रहेकोले अर्को वर्षासम्म पनि पुल नबन्ने चिन्ता लागेको छ ।’ उनका अनुसार पेटी ठेकेदारले कामदारलाई समयमै पैसा नदिएपछि रित्तो हात घर जाने गरेका छन् भने स्थानीय पसल र होटलमा उधारो लिएको र खाएको समेत ठेकेदारले नदिँदा स्थानीय व्यापारी मारमा परेका छन् । दैनिक सयौं मानिस घोडेखोला तरेर वारपार गर्छन् । बजारमा किनमेलका लागि पनि नजिकको किमीचौर भिंग्री पुग्दा घोडेखोला तर्नैपर्छ । घोडेखोलामा पक्की पुल निर्माण नहुँदासम्मका लागि अर्को विकल्प नहुँदा स्थानीयवासी जोखिमपूर्ण रूपमा काठको लप्काबाट खोला तर्न बाध्य छन् । यसप्रति स्थानीय सरकार र अन्य सरोकारवालाको समयमै ध्यान नपुग्दा सर्वसाधारणको अकालमै ज्यान जाने खतरा बढेको छ ।

रंगुन खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती

डडेलधुरा, साउन १० । डडेलधुराको आलिताल परशुराम भएर बग्ने रंगुन खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती हुने गरेको छ । वर्षामा बाढी पहिरोको उच्च जोखिम रहेको भित्रिमधेश क्षेत्र डडेल्धुराको आलिताल गाउँपालिका वडा नंं ३, ५ र ८ का स्थानीयलाई समस्या भएका हो । खोलामा पानीको सतह बढेपछि दुई घण्टा हिँडेर आलितालको कालाकोटमा रहेको झोलुङ्गे पुल पुग्नुपर्ने […]

सुगम जिल्लाको दुर्गम गाउँपालिका, स्थानीयलाई सास्ती

नदीले वर्षाै कटान गर्दै आएको भुभाग । परम्परा र सस्कृतिको धनी क्षेत्र । चारैतिर नदीले र जंगलले घेरेर बनेको गाउँपालिका । कञ्चनपुरको सदरमुकाम क्षेत्रबाट सुगममा हेरिए पनि वास्तविक रूपमा दुर्गम गाउँपालिका हो लालझाडी गाउँपालिका । सडक सञ्जालसँग जोडिएको भए पनि दुर्गम छ । विकासका पूर्वाधारबाट निकै टाढा छन् यहाँका नागरिक । गाउँपालिका आवातजावत गर्न पक्की […]