धरान– छोटो दूरीमा धरान जोड्ने धरान–चतरा–भोजपुर सडकस्थित दूधकोशी नदीको चुहारमा निर्माणाधीन पक्की पुल नबन्दा दक्षिणी भोजपुरका बासिन्दा कष्टकर यात्रा गर्न बाध्य छन् । उदयपुरको बेलका नगरपालिका–७ र भोजपुरको हतुवागढी गाउँपालिका–८ जोड्ने चुहारस्थित दूधकोशी नदीमा बन्दै गरेको पक्की पुल अलपत्र भएपछि बिरामीलाई समयमा अस्पताल पुर्याउन, स्थानीय उत्पादनलाई बजार पुर्याउन कठिन भएको स्थानीयको गुनासो छ । स्थानीय […]