काठमाण्डाै – सरकारले महँगा गाडी, मोटरसाइकल, जाँड–रक्सी र मोबाइल फोनमा लगाएको प्रतिबन्धलाई मङ्सिर २९ गतेसम्मका लागि लम्ब्याएको छ ।उद्योगी व्यवसायीहरूले प्रतिबन्ध खुलाउन दबाब दिइरहेका भए पनि आज शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्धलाई निरन्तरता दिएको हो । विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले गएको वैशाख १३ गते राजत्रपमा सूचना प्रकाशन गरी कार, जीप, भ्यान, एक सय ५० सीसीभन्दा माथिका मोटरसाइकल, तयारी जाँड–रक्सी र तीन सय डलरभन्दा महँगा मोबाइल फोन आयातमा कडाइ गरेको थियो ।यस्तै ...