स्वयम्भूमा पुन:निर्मित एकीकृत आवास हस्तान्तरण

काठमाडौं : काठमाडौं महानगरपालिकाले स्वयम्भू चैत्य परिसरका १७ वटा आवासीय घर पुन:निर्माणपछि बुद्धाचार्य परिवारलाई हस्तान्तरण गरेको छ।महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले सोमबार घरकाे एकीकृत नक्सासहित आवास हस्तान्तरण गरेका हुन्। परिसरमा रहेका काग्यु कर्मपा सम्प्रदायको कर्मराज महाविहार र स्वयम्भू महाचैत्यका बुद्धाचार्य पुजारीहरूको आवास २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको थियो। शाक्यका अनुसार पुन:निर्माणका लागि करिब १७ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो। जसमध्ये १३ करोड ५

सम्बन्धित सामग्री

जाजरकोटका दुई सय दश अस्थायी आवास भूकम्प पीडितलाई हस्तान्तरण

सिमकोट- गत कात्तिक १७ गते गएको भूकम्पबाट पीडित भएकाहरूका लागि निर्माण गरिएका अस्थायी आवास पालिकामार्फत् हस्तान्तरण गरिएको छ । भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोट- १ रामीडाँडाका पीडितका लागि निर्माण गरिएका अस्थायी आवास एक कार्यक्रमबीच गाउँपालिकामार्फत् सम्बन्धित प्रभावितलाई हस्तान्तरण गरिएको हो । कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक नेपाल)ले दुई सय दश अस्थायी आवासको काम […]

बजेट अभावले सुदूरपश्चिममा जनता आवास कार्यक्रम अलपत्र

१८ माघ, धनगढी । सुदूरपश्चिममा संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको जनता आवास कार्यक्रम अलपत्र परेको छ । कार्यक्रम कार्यान्वयनको जिम्मा पाएको शहरी विकास तथा भवन कार्यालय धनगढीले प्रदेश सरकारले पर्याप्त बजेट नपठाएपछि जनता आवास कार्यक्रम कार्यान्वयनमा लैजान सकेको छैन । आर्थिक वर्ष २०७८/७९ मा कैलालीमा ४६० र कञ्चनपुरमा ५७५ गरी जम्मा एक हजार ३५ […]

अतिविपन्न १४ घर परिवारलाई आवास

बुटवल– रुपन्देहीको सियारी गाउँपालिकाले अतिविपन्न १४ परिवारलाई आवास निर्माण गरिदिएको छ । उपभोक्ता समितिमार्फत् निर्माण गरिएको आवास बिहीबार गाउँपालिकाले हस्तान्तरण गरेको हो । गत आर्थिक वर्ष आर्थिक वर्ष २०७९/०८० को बजेटमा विपन्न परिवारको पहिचान गरी प्रत्येक वडामा दुई परिवारलाई आवास निर्माण गर्ने गरी बजेट विनियोजन गरिएको थियो । जसअनुसार प्रतिघर पाँच लाख ६१ हजारको लागत […]

८० विपन्न समुदायलाई आवासीय घर हस्तान्तरण

दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले ‘नगरप्रमुख आवास योजना’ अन्तर्गत दुहबी ११ तनबुनामा निर्माण गरिएका आवासीय घर सोमवार हस्तान्तरण गरिएको बताए।...

विपन्न परिवारलाई आवास हस्तान्तरण

बागमती प्रदेश सरकारद्वारा प्राप्त रु १७ लाख २० हजारबाट मध्यपुरथिमि नगरपालिको बोडे, नगदेश, चपाचो र ताहाननीमा एक एक जना अति विपन्नलाई आवासको साँचो हस्तान्तरण गरिएको हो।...

मुख्यमन्त्री शाहीद्वारा आवास हस्तान्तरण

सिमकोट, २५ असोज: हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाका बाढीपीडितले झण्डै एक वर्षपछि आवास पाएका छन् । कर्णाली प्रदेश सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा घर पुनःनिर्माण भएपछि त्रिपालमा बस्दै आएका त्यहाँका नागरिकले आवास पाएका हुन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार आयोजित कार्यक्रममा हस्तान्तरण पुनः निर्माण भएका घर हस्तान्तरण गरे । २०७७ सालको साउन महिनामा आएको […]

ज्येष्ठ नागरिक आवास गृहको भवन वडा कार्यालयलाई हस्तान्तरण

सर्लाही, १३ असोज । सर्लाहीको लालबन्दी नगरपालिका–८ स्थित निर्माण सम्पन्न भएका ज्येष्ठ नागरिक आवास गृहको भवन आज वडा कार्यालयलाई हस्तान्तण गरिएको छ । सहरी विकास तथा भवन कार्यालय जनकपुरका इञ्जीनीयर विनोदकुमार यादव र नव सिर्जनशील कन्स्ट्रक्सन प्रालि पिएमके (जेभी)का प्रतिनिधि रवि रञ्जीतकारले संयुक्त रुपमा आज लालबन्दी नरगपालिका–८ का वडाध्यक्ष राजनकुमार श्रेष्ठलाई सो भवन हस्तान्तरण गरेका […]

पुनर्निर्माणका बाँकी काम हस्तान्तरण सुरु

निजी आवास तथा बस्ती विकासतर्फका बाँकी काम सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण गरिएको छ।...

सेनाले बनाइदियो पहिरोबाट विस्थापितलाई आवास

नेपाली सेनाले सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापितहरुलाई अस्थायी आवास भवन बनाएर हस्तान्तरण गरेको छ ।  जुगल गाउँपालिका—१ लिदीमा गत वर्षको साउन ३० गते गएको पहिरोबाट विस्थापित परिवारमध्ये ३१ घरपरिवारलाई आइतबार सेनाले अस्थायी आवास हस्तान्तरण गरेको हो । श्री नम्बर २६ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी विष्णु राउतले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई संयुक्त रुपमा अस्थायी आवास हस्तान्तरण गरेको सेनाले जनाएको छ ।सेनाले ३१ अस्थायी आवास भवन, सात शौचाल

नेपाली सेनाद्वारा पहिराबाट विस्थापितलाई अस्थायी आवास हस्तान्तरण

काठमाडौं। गत वर्ष आएको लिदी पहिराबाट विस्थापितहरूलाई नेपाली सेनाले अस्थायी भवन बनाएर हस्तान्तरण गरेको छ। जुगल गाउँपालिका—१ लिदीमा गत वर्ष साउन ३० गते गएको पहिराबाट विस्थापित दुई सय नौ परिवारमध्ये ३१ घरपरिवारलाई आइतबार सेनाले अस्थायी आवास हस्तान्तरण गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए। सेनाले ३१ अस्थायी आवास भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ।