मुख्यमन्त्री शाहीद्वारा आवास हस्तान्तरण

सिमकोट, २५ असोज: हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाका बाढीपीडितले झण्डै एक वर्षपछि आवास पाएका छन् । कर्णाली प्रदेश सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा घर पुनःनिर्माण भएपछि त्रिपालमा बस्दै आएका त्यहाँका नागरिकले आवास पाएका हुन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार आयोजित कार्यक्रममा हस्तान्तरण पुनः निर्माण भएका घर हस्तान्तरण गरे । २०७७ सालको साउन महिनामा आएको […]

सम्बन्धित सामग्री

लोपोन्मुख राजीलाई सुरक्षित आवास

सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत कैलालीको भजनी नगरपालिका–९, भुरुवामा २५ घर निर्माण गरी हस्तान्तरण गरेको छ। भुरुवामा लोपोन्मुख राजी परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको हो। प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनीता चौधरीले निर्माण भएको सुरक्षित आवास राजी समुदायलाई हस्तान्तरण गर्नुभयो। आवास निर्माणका लागि २०७७ माघमा राजी जातिको परम्परागत कच्ची घर भत्काएको थियो। सुरक्षित आवास प्राप्त गरेपछि भजनी नगरपालिका–९, भुरुवाकी मीना राजीले खुसी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “नयाँ घर पाउँदा धेरै खुसी भएकी छु।”

प्रदेश सरकारलाई गिज्याउँदै ‘मुख्यमन्त्री एकीकृत बस्ती’

सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गर्न थालेको मुख्यमन्त्री एकीकृत बस्तीहरू १ वर्षको अवधिमा पनि बन्न सकेका छैनन् । गत आर्थिक वर्ष २०७७/०७८ भित्रै हस्तान्तरण गरिसक्नुपर्ने बस्तीहरू हालसम्म पनि बन्न नसकेका हुन् । प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा हस्तान्तरण भइसकेको बस्ती भनेर समावेश गरेको छ । बस्ती निर्माण कार्यक्रम प्रदेशको ३ ठाउँमा लागू गरिएको छ । ५७ वटा २ कोठे आवास १ वर्षमा पनि बन्न नसक्दा विपन्न परिवारको बिचल्ली भएको छ । कैलालीको भजनी नगरपालिका–९ भुरुवाको राजीबस्ती, कञ्चनपुरको बेदकोट नगरपालिका–५ धर्मपुर...

३ सय ५५ मुसहर परिवारको हातमा पक्की घरको साँचो

सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिकाका अति विपन्न मुसहर समुदायका तीन सय ५५ घर परिवारले दुई कोठे पक्की घर पाएका छन् ।  वाग्मती प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भएका ती घरको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एक समारोहबीच उद्घाटन तथा साँचो हस्तान्तरण गर्नुभएको छ । कार्यक्रममा मुख्यमन्त्री पौडेलले...