सेनाले बनाइदियो पहिरोबाट विस्थापितलाई आवास

नेपाली सेनाले सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापितहरुलाई अस्थायी आवास भवन बनाएर हस्तान्तरण गरेको छ ।  जुगल गाउँपालिका—१ लिदीमा गत वर्षको साउन ३० गते गएको पहिरोबाट विस्थापित परिवारमध्ये ३१ घरपरिवारलाई आइतबार सेनाले अस्थायी आवास हस्तान्तरण गरेको हो । श्री नम्बर २६ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी विष्णु राउतले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई संयुक्त रुपमा अस्थायी आवास हस्तान्तरण गरेको सेनाले जनाएको छ ।सेनाले ३१ अस्थायी आवास भवन, सात शौचाल

सम्बन्धित सामग्री

दार्मामा ९५२ अस्थायी आवास निर्माण

सल्यान : सल्यानको दार्मा गाउँपालिकामा ९५२ घरपरिवारको अस्थायी टहरा निर्माण गरिएको छ।विभिन्न संघसंस्था, राजनीतिक दल तथा पीडित परिवार आफैँले गरि हालसम्म ९५२ वटा टहरा निर्माण गरेको दार्मा गाउँपालिकाले जनाएको छ।सम्बन्धित घरपरिवार आफैँले ६६६, नेकपा माओवादी केन्द्रले २६२ र नेकपा एमालेले १७, नेपाली सेनाले ४ र एकीकृत समाजवादीले ३ वटा अस्थायी आवास निर्माण गरेको गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले जानकारी दिए। हालसम्म अस्थायी आवास निर्माणका लागि ५२० घरधुरिलाई पहिलो किस्ता वापतको रकम भुक्तानी भएको प्

इजरायली कारबाहीमा प्यालेस्टिनी जिहादका वरिष्ठ कमाण्डरको मृत्यु

एजेन्सी – इजरायली सेनाले बिहीबार बिहानै गरेको हवाई आक्रमणमा प्यालेस्टिनी इस्लामिक जिहादका वरिष्ठ कमाण्डरको मृत्यु भएको छ । इजरायली लडाकु विमानले बिहीबार बिहानै हमाद शहरको आवास क्षेत्रमा रहेको एउटा भवनलाई निशाना बनाएर गरेको आक्रमणमा अबु मोहम्मद नामले चिनिने कमाण्डरको मृत्यु भएको हो । इजरायली सेनाले बुधबार दिनभर र राति गरी १३० बढी निशानामा बमबारी गरेको […]

नेपाली सेनाका कर्मचारीले घर बनाउन सहुलियत ब्याजमा ऋण पाउने

काठमाण्डाै – नेपाली सेनाले आफ्ना कर्मचारीलाई घर बनाउन सहुलियतपूर्ण कर्जा दिन सुरु गरेको छ । सैनिक सेवामा न्यूनतम १० वर्ष पूरा गरेका श्रीमान् वा श्रीमतीको नाममा नेपालभर जुनसुकै ठाउँमा घर बनाउनका लागि सेनाले सैनिक सकलदर्जा सहुलियतपूर्ण आवास कर्जाको सुरु गरेको हो ।  कार्यक्रमको आज बुधवार प्रधानसेनापति प्रभुराम शर्माले शुभारम्भ गर्नुभयो । यो कार्यक्रममा सेनाका कर्मचारीले तीन दशमलव ३२ प्रतिशत ब्याज दरमा २५ लाख रुपैयाँसम्मको आवास कर्जा पाउनेछन् । अहिलेसम्म २० जनाको आवेदन प्राप्त भएकोमा सात जनाको प्रक्रिया पूरा भएर...

सेनाले दियो सकलदर्जालाई खुसी नै खुसी

नेपाली सेनाले नोकरी अवधि १० पूरा गरेका सकलदर्जालाई घर निर्माणका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । सैनिक सेवामा १० वर्ष पूरा गरे पनि श्रीमान् वा श्रीमतीका नाममा घर नरहेका सकलदर्जालाई सहुलियतपूर्ण ब्याजदर ३.३२ प्रतिशतमा आवास निर्माण गर्न रु २५ लाखसम्मको आवास कर्जा उपलब्ध हुनेछ । प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा राष्ट्रिय वाणिज्य बैंकका …

सेनाले १० वर्ष नोकरी गरेका सकलदर्जालाई घर बनाउन २५ लाखसम्मको आवास कर्जा दिने

नेपाली सेनाले नोकरी अवधि १० पूरा गरेका सकलदर्जालाई घर निर्माणका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ।

सहुलियतपूर्ण आवास कर्जा उपलब्ध गराउँदै सेना

नेपाली सेनाले नोकरी अवधि १० पूरा गरेका सकलदर्जालाई घर निर्माणका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । सैनिक सेवामा १० वर्ष पूरा गरे पनि श्रीमान् वा श्रीमतीका नाममा घर नरहेका सकलदर्जालाई सहुलियतपूर्ण ब्याजदर ३.३२ प्रतिशतमा आवास निर्माण गर्न रु २५ लाखसम्मको आवास कर्जा उपलब्ध हुनेछ ।     प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारिणी अधिकृत, राष्ट्रिय बीमा संस्थानका प्रशासक र नेपाली सेनाका तर्फबाट सैनिक कल्याणकारी महानिर्देशकबीच त्यसका लागि सहमतिपत्रमा हस्ताक्षर भए...

लिदी पहिरो प्रभावितले पाए अस्थायी आवास

साउन २४, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा एक वर्ष अघि गएको पहिरोबाट विस्थापित बनेकाहरुले अस्थायी आवास प्राप्त गरेका छन् ।  ७८ लाख २८ हजार ७५३ रुपैयाँ लागतमा अस्थायी आवास निर्माण गरिएको हो । सो लागतमा ३१ ओटा आवास भवन, ७ ओटा शौचालय, एउटा हेल्थ पोष्ट भवन, एउटा क्यान्टिन र एउटा स्नानगृह निर्माण गरिएको जुगल गाउँपालिका–२ का वडा अध्यक्ष प्रताप लामाले बताए । प्रति घर २ लाख ५२ हजार ५३९ रुपैयाँ लागतमा निर्माण गरिएको हो । आइतवार एक कार्यक्रमबीच लिदी पहिरो प्रभावित परिवारका लागि जुगल गाउँपालिका–१ बाँसखर्कमा निर्मित अस्थायी आवास प्रभावितलाई हस्तान्तरण गरिएको छ । नेपाली सेना २६ नं. बाहिनी अड्डाका बाहिनीपति सहायक रथी विष्णु राउतले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।  आवास नेपाली सेनाले निःशुल्क श्रमदानबाट निर्माण भएको हो । आवास निर्माणको लागि जुगल गाउँपालिका प्रकोप व्यवस्थापन कोषबाट  ५८ लाख २ हजार ४९ रुपैयाँ र विभिन्न संघसंस्था एवम् व्यक्तिहरुबाट २० लाख २६ हजार ६८६ रुपैयाँ बराबरको सहयोग प्राप्त भएको जुगल गाउँपालिकाको अध्यक्ष होमनारायण श्रेष्ठले बताए । आवास निर्माण गर्दा २९ लाख ६ हजार ११२ रुपैयाँको २२ हजार ५२५ किलो फलाम, ७ लाख ४३ हजार ८७९ रुपैयाँको ५८ वण्डल जस्तापाता, १ लाख ६८ हजार ३७१ रुपैयाँको २३० बोरा सिमेण्ट प्रयोग गरिएको छ । १ लाख ४८ हजार रुपैयाँको गिटी, १ लाख ८० हजार रुपैयाको बालुवा, २५ हजार ५०० रुपैयाँको ढुंगा, ९६ हजार ५४८ रुपैयाँको इन्धन र ८ लाख ३१ हजार ३८५ रुपैयाँको ढुवानी, टुल्स लगायतमा खर्च भएको स्थानीय विपद् व्यवस्थापन समिति अध्यक्ष समेत रहेका पालिका अध्यक्ष श्रेष्ठले बताए । त्यस्तै स्काभेटरमा ९० हजार रुपैयाँ, झ्याल ढोकामा ४९ हजार २६८, विद्युत तथा शौचालय सामग्रीमा १ लाख ५७ हजार ८७५, मजदूर ज्याला ३ लाख ५५ हजार ७५० र ४९ हजार ३६१ रुपैयाँ खर्च भएको समितिले जानकारी दिएको छ ।  आवास निर्माणको लागि क्रिकेट खेलाडी सन्दिप लामिछानेले १ लाख २३ हजार ४८८ रुपैयँको ९०८ किलो फलाम र ३ लाख ७१ हजार ६१३ रुपैयाँको २५ वण्डल जस्तापाता सहयोग गरेका थिए । त्यस्तै सिएरआरसी÷केयर नेपालले २२ हजार ८ सय रुपैयाँको ३० बोरा सिमेन्ट, ७ लाख ६३ हजार ९६० रुपैयाँको ६७ वण्डल जस्तापाता, पर्यटन व्यवसायी मिलन तामाङ र माया गुरुङले ७ लाख ४ हजार ८२८ रुपैयाँको ५५ वण्डल जस्तापाता, निर्मला सिलवालले ४० हजार रुपैयाँ बराबरको विद्युतीय सामग्री सहयोग गरेको श्रेष्ठले बताए । एक वर्ष पछि अस्थायी भए पनि आवास पाएकोमा पहिरो प्रभावितहरु खुसी भएका छन् । ‘एक वर्षसम्म पालमा बस्दा हामीलाई निक्कै सकस भएको थियो । सुत्केरी, बालबालिका, बृद्धबृद्धालाई समस्या थियो’, पहिरो प्रभावित सावित्री तामाङले भनिन् ‘अहिले हामीले अस्थायी आवास पाएका छौं, यसले हामीलाई केहि मात्रामा भएपनि खुसी दिएको छ ।’ अब बाँकी ११८ घर परिवारलाई नै आवासको लागि स्थानीय सरकारले प्रयत्न गर्नुपर्नेमा उनले जोड दिइन् ।  स्थानीय सरकारले पहिरो प्रभावित सबैलाई आवासको लागि प्रयत्न भइरहेको स्थानीय सरकारले जनाएको छ । ‘लिदीका २०८ घरधुरीसहित २५७ विपद् प्रभावितहरुसँग लाभग्राही सम्झौता गरी स्थायी आवास निर्माण गर्ने प्रकृया शुरु भइसकेको छ’, जुगल गाउँपालिका–२ का वडा अध्यक्ष प्रताप लामाले भने । २०७७ साउन ३० गते गएको पहिरोमा २०९ घरघुरी प्रभावित बनेको थियो । पहिरोमा ३९ जनाको मृत्यु भएको थियो भने ३४ घरमा क्षति पुगेको थियो । जसमध्ये २९ घर पूर्ण क्षति भएको थियो ।

नेपाली सेनाद्वारा पहिराबाट विस्थापितलाई अस्थायी आवास हस्तान्तरण

काठमाडौं। गत वर्ष आएको लिदी पहिराबाट विस्थापितहरूलाई नेपाली सेनाले अस्थायी भवन बनाएर हस्तान्तरण गरेको छ। जुगल गाउँपालिका—१ लिदीमा गत वर्ष साउन ३० गते गएको पहिराबाट विस्थापित दुई सय नौ परिवारमध्ये ३१ घरपरिवारलाई आइतबार सेनाले अस्थायी आवास हस्तान्तरण गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए। सेनाले ३१ अस्थायी आवास भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ।

पहिरोबाट विस्थापितहरुको लागि नेपाली सेनाद्वारा आवास निर्माण

नेपाली सेनाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीमा गएको पहिरोको कारण विस्थापित भएका परिवारहरुको लागि अस्थायी आवास भवन निर्माण गरेर हस्तान्तरण गरेको छ । सेनाले सोही गाउँपालिका वडा नं.१, बासखर्कमा ३१ आवासहित  ७ शौचालय, १ बाथरुम, १ क्यान्टिन र १ हेल्थ पोष्टको भवन निर्माण सम्पन्न गरि आइतबार एक कार्यक्रमकाबीच  नं.२६ बाहिनी अड्‍डाका बाहिनीपति सहायक रथी बिष्णु राउतले  जिल्ला विपद् व्यवस्थापन समिति र स्थानिय विपद् व्यवस्थापन समितिलाई संयुक्त रुपमा हस्तान्तरण गरे।  उक्त हस्तान्तरण कार्यक्रममा सिन्धुपाल्च...

द्वन्द्व विस्थापित २० हजार कंगोबासीको लागि नेपाली सेनाले बनाइदियो आवास

काठमाण्डौ – द्वन्द्व विस्थापित कंगोबासीको लागि नेपाली सेनाले छोटो समयमा व्यवस्थित वासस्थान निर्माण गरिदिएको छ । अमेरिकी राष्ट्र कङ्गोमा तैनाथ नेपाली शान्ति सेनाको इन्जिनियर गुल्मले ठूलो संख्यामा विस्थापित भएका द्वन्द्व पीडितहरुको लागि छोटो अवधिमा सुरक्षित आवास निर्माण गरेको   जङ्गी अड्डाले जनाएको छ । अन्तर्राष्ट्रिय ...